Cricket Himalaya
Cricket News From Top of The World

कविता कुवर ‘प्रमोदराज-सावित्री पान्डे स्मृति प्रतिस्ठान’ पुरस्कारले सम्मानित

असार १४, क्रिकेट हिमालय

समाज बिकासका बिबिध छेत्रमा समर्पित ‘प्रमोदराज-सावित्री पान्डे स्मृति प्रतिस्ठान‘ ले बिशिस्ट छेत्रका ब्यक्तित्वहरुलाइ अभिनन्दन/पुरस्कार अर्पण गर्ने कार्यक्रम मार्फत नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका सदस्य कविता कुँवरलाई नेपाली महिला क्रिकेटमा पुर्याएको योगदान बापत नगद रु १५ हजारले ‘प्रमोदराज -सावित्री पाण्डे स्मृति सम्मान’ बाट सम्मानित भएकी छिन् ।

पहिलो संस्करणको प्रमोदराज-सावित्री पान्डे स्मृति प्रतिस्ठान पुरस्कार नेपाली क्रिकेटका हालसम्मका कप्तानहरुलाइ प्रदान गरिएको थियो !

प्रतिस्ठानका अध्यक्ष क्रिकेट खेलाडी संघ नेपाल (CPAN) का अध्यक्ष डा मनिषराज पान्डे रहेका छन, पहिलो संस्करणमा पुर्ब कप्तानहरु उत्तम कर्माचार्य, लेख बहादुर छेत्री, पवन अग्रवाल, राजु खडका, परेस लोहनी, बिनोद दास र पारस खडका सम्मानित भएका थिए !