Cricket Himalaya
Cricket News From Top of The World

लक्ष्मी मा. बि. २ विकेटले बिजयी

असार १४, क्रिकेट हिमालय

कोहलपुर क्रिकेट मैदानमा आज देखी सुरु भएको “दोस्रो उपमेयर नगर स्तरिय अन्तर मा. बि. छात्रा रनिङ शिल्ड क्रिकेट प्रतियोगिता २०७५/७६” अन्तर्गत पहिलो खेलमा लक्ष्मि मावी बिजयी भएको छ ।

आज भएको उद्घाटन खेल सगरमाथा ज्ञान पुन्ज मा बि र लक्ष्मी मा. बि. बिच भएको थियो । लक्ष्मी मा. बि. बिरुद्ध सगरमाथा ज्ञान पुन्ज मा. बि. २ विकेटले पराजित भएको छ ।

टस जितेर ब्याटिङ गरेको सगरमाथा ज्ञान पुन्ज मा. बि. ले १५ ओभरमा पुरै विकेट गुमाएर ६८ रन बनाएको थियो । ज्ञान पुन्ज मा. बि. को लागि एलिशाले १ चौका सँगै १६ र अनिता शाहीले २ चौका सँगै १२ रन बनाएकी थिईन ।  दिलु नाथ योगी र बिनिशा नेपालीले समान ३/३ विकेट लिएका थिए भने पूजा थापाले २ विकेट लिईन । सगरमाथा ज्ञान पुन्ज मा. बि. ले अतिरिक्त १८ रन पाएको थियो ।

६९ बिजयी लक्ष्य लक्ष्मी मा. बि. ले १३.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो र २ विकेटले बिजयी भयो । लक्ष्मी मा. बि. को लागि पुष्पा बम १० रन, बिनिशा नेपाली ६ रन र सन्जु चन्द ले ८ रन बनाए । अनिता शाहीले ३ विकेट लिईन भने यमुना थापा र सरिता जिसी ले समान २/२ विकेट लिएका थिए । लक्ष्मी मा. बि. ले अतिरिक्त ३० रन पाएको थियो । बिनिशा नेपाली प्लेयर अफ द म्याच भईन ।

खेल तलिका :