Cricket Himalaya
Cricket News From Top of The World

प्रमोदराज-सावित्री पान्डे स्मृति प्रतिस्ठान अभिनन्दन एवम छात्रवृत्ति प्रदान कार्यक्रम हुँदै

असार १४, क्रिकेट हिमालय

समाज बिकासका बिबिध छेत्रमा समर्पित ‘प्रमोदराज-सावित्री पान्डे स्मृति प्रतिस्ठान‘ ले बिशिस्ट छेत्रका ब्यक्तित्वहरुलाइ अभिनन्दन/पुरस्कार अर्पण गर्ने कार्यक्रम आज होटेल अकमा, धुम्बाराही काठमाडौमा राखेको छ !

उक्त कार्यक्रममा जेहेन्दार बिद्ध्यार्थिहरुलाइ छात्रवृत्ति समेत प्रदान गरिने प्रतिस्ठानले जनाएको छ !

पहिलो संस्करणको प्रमोदराज-सावित्री पान्डे स्मृति प्रतिस्ठान पुरस्कार नेपाली क्रिकेटका हालसम्मका कप्तानहरुलाइ प्रदान गरिएको थियो !

प्रतिस्ठानका अध्यक्ष क्रिकेट खेलाडी संघ नेपाल (CPAN) का अध्यक्ष डा मनिषराज पान्डे रहेका छन, पहिलो संस्करणमा पुर्ब कप्तानहरु उत्तम कर्माचार्य, लेख बहादुर छेत्री, पवन अग्रवाल, राजु खडका, परेस लोहनी, बिनोद दास र पारस खडका सम्मानित भएका थिए !