Cricket Himalaya
Cricket News From Top of The World

छात्रा क्रिकेट, कोहलपुरको तयारी पूरा, पहिलो खेलमा लक्ष्मी मावी र ज्ञानपुन्ज भिडने

असार १३, क्रिकेट हिमालय

कोहलपुर नगरपालिकाको आयोजना र मध्य पश्चिम क्रिकेट क्लबको ब्यबस्थापनमा असार १४-२१ सम्म प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘दोस्रो उपमेयर अन्तर माबी नगर स्तरिय छात्रा रनीङ शिल्ड क्रिकेट प्रतियोगिता’ को सम्पुर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा कोहलपुर नगर क्षेत्रभित्रका ७ वटा सामुदायिक तथा निजि विद्यालयले सहभागीता जनाएका छन ।

ग्रुप ए : जनज्योति पब्लिक सेकेन्डरी स्कुल, सगरमाथा ज्ञानपुन्ज, लक्ष्मी मावी, तक्षसिला एकेडमी
ग्रुप बि : त्रिभुवन मावी, साइनिङ स्टार, दिपज्योती

प्रतियोगिताको बिजेता तथा उपविजेता टिमले क्रमश : २१ र ११ हजार नगद तथा ट्रफी प्राप्त गर्ने छन । लक्ष्मी मावि कोहलपुर र सगरमाथा ज्ञानपुञ्ज बिच उद्घाटन खेल हुने भएको छ ।

खेल तलिका :