Cricket Himalaya
Cricket News From Top of The World

आइसिसी र्याकिङको अर्थ के अनि खेल नै नखेली कसरी चेन्ज हुन्छ र्याकिङ

 क्रिकेट हिमालय

कुनै पनि टिमले खेलेका जम्मा खेलको नतिजाको आधारमा उक्त टिम र टिममा सहभागी खेलाडीको प्रदर्शनको मुल्यांकन गर्ने आधार हो र्याकिङ, अन्तर्राष्ट्रिय क्रिकेटमा बेला बेलामा परिवर्तन हुने र्याकिङमा टिम तथा खेलाडीको श्रेणी पनि तल माथी भइरहन्छ त्यो सामान्य कुरा हो । आइसिसिले आज अप्डेट गरेको र्याकिङ अनुसार एकदिवसीय र्याकिङमा नेपाल १६ औं स्थानमा रहेको छ यसअगाडि नेपाल १५ औं स्थानमा थियो भने केही महिना अगाडि नेपाल १४ औं स्थानमा थियो।

यो बिचमा नेपालले कुनै खेल खेलेको छैन तर र्याकिङ परिवर्तन हुनु कुनै अचम्मको कुरा भने हैन अनि अन्तर्राष्ट्रिय र्याकिङको आफ्नै छुट्टै महत्त्व हुन्छ तर अहिलेको अवस्थामा नेपाललाई र्याकिङले त्यति फाइदा/घाटा भने हुदैन ।

एकदिवसीय र्याकिङको अर्थ के ?
एकदिवसीय र्याकिङ भनेको आइसिसिको निश्चित मापदण्ड पूरा गरि एकदिवसीय मान्यता प्राप्त गरेका टिमको प्रदर्शनको मुल्यांकन गर्ने आधार हो । हाल यसमा १७ टिम समावेश छन्, अहिले यो र्याकिङमा नेपालको स्थान जे जति भए पनि असर हुदैन तर १२ टेस्ट रास्ट्र र नेदरल्यान्डस् गरि १३ टिमलाई भने र्याकिङ निकै महत्त्वपूर्ण हुन्छ ।

नेपालको अवस्थामा र्याकिङ के ?
जिम्बाबेमा सम्पन्न भएको विश्वकप छनोटबाट अस्थायी एकदिवसीय मान्यता प्राप्त गरि आइसिसी तोकेको न्युनतम एकदिवसीय खेल खेलिसकेपछि नेपालले आइसिसिको अन्तर्राष्ट्रिय एकदिवसीय र्याकिङमा स्थान बनायो । अन्तर्राष्ट्रिय एकदिवसीय र्याकिङ एकदिवसीय विश्वकप प्रतियोगिताको लागि टिम छनोटको लागि हो तर नेपाल र्याकिङको आधारमा विश्वकपमा छनोट हुन सक्दैन, विश्वकप खेल्नको लागि नेपालले र्याकिङ सुधार हैन आइसिसी एकदिवसीय विश्वकप छनोट लिग दुईमा उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ । अहिले एकदिवसीय विश्वकप जारी छ, अर्को विश्वकपको लागि ८ टिम र्याकिङ बाट र २ टिम छनोट प्रतियोगिताबाट छनोट गरिनेछ । नेपालले त्यो ८ टिमको लागि हैन २ टिमको लागि खेल्नुपर्ने हुन्छ । अहिले तत्काल नेपाललाई र्याकिङको कुनै असर नभए पनि अन्तर्राष्ट्रिय क्रिकेटमा र्याकिङको निकै महत्त्व हुन्छ ।

कुनै खेल नै नखेली कसरी चेन्ज हुन्छ र्याकिङ?
अन्तर्राष्ट्रिय क्रिकेटमा बेला बेलामा परिवर्तन हुने र्याकिङमा टिम तथा खेलाडीको श्रेणी पनि तल माथी भइरहन्छ त्यो सामान्य कुरा हो । आइसिसिले आज अप्डेट गरेको र्याकिङ अनुसार एकदिवसीय र्याकिङमा नेपाल १५ औं स्थानमा रहेको छ यसअगाडि नेपाल १४ औं स्थानमा थियो । यो बिचमा नेपालले कुनै खेल खेलेको थिएन तर पनि र्याकिङ स्थान चेन्ज भयो त्यो पनि सामान्य कुरा हो किनकी नेपाल १४ स्थानमा थियो नेपालले कुनै खेल नखेले पनि १५, १६ र १७ स्थानमा भएको टिमले राम्रो खेलेर आफ्नो स्थान सुधार गरि कुनै खेल नखेलेको टिमलाई पछाडि धकेल्न सक्छन् ।

नोट : टि-ट्वान्टि अन्तर्राष्ट्रिय र्याकिङको पनि प्रक्रिया उहीँ हो ।