Cricket Himalaya
Cricket News From Top of The World

नेपाल एकदिवसीय र टि२० अन्तर्राष्ट्रिय बरियतामा क्रमस १४औ र ११औ स्थानमा

असार ११, क्रिकेट हिमालय

आइसिसिले निकालेको पछिल्लो बरियता अनुसार नेपाल एकदिवसीयमा १४ औ र टि२० तर्फ ११ औ स्थानमा रहेको छ !

एकदिवसीय तर्फ कुल १६ टिम मध्य नेपाल १९ अन्क सहित युएइ र पपुवा न्युगिनी भन्दा माथी रहेको छ भने टि२० अन्तर्राष्ट्रिय तर्फ २१२ अन्क सहित एसोसिएटमा शीर्ष स्थानमा रहेको छ !

टेस्ट नेसन जिम्बाबे र आयरल्यान्ड टि२० तर्फ १३ औ र १५ औ स्थानमा रहेका छन !

टि२० अन्तर्राष्ट्रिय र एकदिवसीय तर्फ टप २०० भित्र पर्ने नेपाली खेलाडी निम्न रहेका छन !

१. एकदिवसीय

– ब्याटिङ : कप्तान पारस खडका १४३ औ स्थानमा रहेका छन भने सोमपाल कामी १५६ औ, ज्ञानेन्द्र मल्ल १८९ औ स्थानमा रहेका छन !

– बलिङ : पारस खडका १५४ औ, सोमपाल कामी १५७ औ, करण केसि १८६ औ, वसन्त रेग्मी १९७ औ स्थानमा रहेका छन !

– अल राउन्डर्स : पारस खडका १३३ औ, सोमपाल कामी १४५ औ स्थानमा रहेका छन !

टि२० अन्तर्राष्ट्रिय

– ब्याटिङ : कप्तान पारस खडका ९३ औ, सरद भेषावकर ११६ औ, सन्दिप जोरा १४४ औ, ज्ञानेन्द्र मल्ल १६३ औ, सोमपाल कामी १६९ औ स्थानमा रहेका छन !

– बलिङ : सोमपाल कामी ६६ औ, वसन्त रेग्मी ६७ औ, पारस खडका १३१ औ, करण केसि १३६ औ, अबिनास बोहरा १९१ औ स्थानमा रहेका छन !

– अलराउन्डर्स : पारस खडका ३९ औ, सोमपाल कामी ४८ औ, करण केसि १३० औ, वसन्त रेग्मी १४७ औ स्थानमा रहेका छन !