Cricket Himalaya
Cricket News From Top of The World

बुटवलमा क्रीकेट अम्पाएर तथा स्कोरर तालिम सन्चालन हुने

क्रीकेट हिमालय , रुपन्देही, असार ११

रुपन्देही क्रीकेट संघको सहकार्य तथा पृथ्वीनारायण साह स्पोर्ट्स एकेडेमीको आयोजनामा बुटवलमा क्रीकेट अम्पाएरिङ तथा स्कोरर आधारभूत तालिम सुरु हुने भएको छ। असार २७ र २८ गते दुइ दिन सम्म सन्चालन हुने आधारभूत तालिम कार्यक्रममा आयोजकले सबै खेलाडी तथा इच्छुक ब्याक्तीहरुलाइ सहभागीता को लागि निमन्त्रणा गरेको छ । अम्पाएरिङ तथा स्कोरर तालिम राष्ट्रिय,अन्तर्राष्ट्रिय तथा ACC द्वारा मान्यता प्राप्त अम्पाएर हरु द्वारा प्रशिक्षण गराइने आयोजक ले जनाएको छ ।तालिम बुटवल हुनेछ भने तालिम मा सहभागी हरुले असार २४ गते भित्रमा नाम दर्ता गराइसक्नु पर्नेछ ।