Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेटको उपाधी एपिएफले जित्यो

असार ११, क्रिकेट हिमालय

महेन्द्रनगरमा जारी प्रधानमन्त्री महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी एपिएफले सुदुर पश्चिम प्रदेश लाई ६ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङको गरेको सुदुर पश्चिमले २० ओभरमा नौ विकेट गुमाउँदै ७१ रन बनाएको थियो । उसका लागि दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । कविता कुवँरले २२ तथा रुवी कोदारले २४ रन बनाएकी थिईन । सुदुर पश्चिम चार खेलाडीले खाता खोल्न सकेनन् । बलिङमा एपिएफकी कप्तान सिता रानामगर र करुणा भण्डारी समान ३/३ विकेट लिईन भने सोनु खड्का, ममता चौधरी र रेखा रावलले १/१ विकेट हात पारे । ७२ रनको बिजयी लक्ष्य एपीएफले १५ ओभरमा ४ विकेटको गुमाएर लक्ष्य पुरा गर्यो । एपिएफको लागि इन्दु बर्माले २२, सिता रानामगरले १८ र ज्योती पाण्डले १७ रन बनाईन । बलिङमा जानकी भट्टले २ विकेट लिईन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा चलेको प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको समुह ए मा एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश रहेका थिए भने पसमुह बी मा प्रदेश एक, दुई, तीन र कर्णाली रहेका थिए । उपाधिसँगै एपीएफले पाँच लाख रुपैयाँ हात पार्यो भने उपविजेता सुदुरपश्चिमले तीन लाखमा पायो ।