Cricket Himalaya
Cricket News From Top of The World

छत्रदेव गाउँपालिका बजेट : खेलकुद तथा मनोरञ्जनमा ४६ लाख २५ हजार

असार १०, क्रिकेट हिमालय

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ का लागि पुँजिगत तर्फ १६ करोड ५४ लाख ३७ हजार ८ सय २६ रुपैयाको बजेट ल्याएको छ ।

आज भएको छत्रदेव गाउँपालिकाको गाउँ सभाको बैठकमा गाउँपालिका उपाध्यक्ष तुल्सादेवी श्रेष्ठले उक्त बजेट प्रस्तुत गर्नुभएको थियो ।प्रस्तुत बजेटमा खेलकुद तथा मनोरञ्जनको लागि एकमुष्ट ४६ लाख २५ हजार रकम विनियोजन गरिएको छ । जसमा भनिएको छ “खेलकुद तथा मनोरञ्जन अन्तरगत विभिन्न कार्यक्रमहरु जस्तै अध्यक्ष कप खेलकुद प्रतियोगिता, वडा स्तरीय खेलकुद प्रतियोगिता साथै खेलकुद व्यवस्थापन समेतको लागि रु. ४६ लाख २५ हजार विनियोजन गरेकी छु ।”

त्यस्तै बजेटमा छत्रदेव गाउँपालिका वडा न. ५ रातापोखरामा निर्माणाधीन क्रीकेट मैदान सम्पन्नको चरणमा रहेको जानकारी गराइएको थियो ।