Cricket Himalaya
Cricket News From Top of The World

एपिएफ र सुदुर पश्चिम पिएम कप महिला रास्ट्रीय क्रिकेटको फाइनलमा प्रबेस

असार १०, क्रिकेट हिमालय

महेन्द्रनगरमा जारी प्रधानमन्त्री महिला रास्ट्रीय क्रिकेट प्रतियोगिताको सातौ दिन सेमिफाइनलका खेलहरु अन्तर्गत सुदुर पश्चिम र एपिएफ बिजयी हुँदै फाइनल प्रबेस गरेका छन ए

पहिलो सेमिफाइनल

निरन्तर बर्षाले पिच र आउटफिल्ड खेल्न योग्य नहुदा रद्ध भएको थियो, सुदुर पस्चिम प्रदेस लिग चरणमा ग्रुप बिजेताको हैसियतमा फाइनल प्रबेस गर्यो भने प्रदेस न २ बाहिरियो !

दोश्रो सेमिफाइनल

बर्षाले प्रभावित खेलमा एपिएफले ८ ओभरमा १ विकेट गुमाउदै ४८ रन बनाएको थियो ! सीता रानामगरले २०*, ज्योती पान्डे २३ रन बनाएका थिए !

प्रदेस न १ कि अप्सरी बेगमले १ विकेट लिएकी थियिन !

लक्ष रिभाइज भएर ५ ओभरमा ४६ रन रहेको थियो ! प्रदेस न १ ले ५ विकेट गुमाउदै ४१ रनमा सिमित भएपछी ४ रनले पराजित रह्यो ! रुबिना छेत्रीले उच्च १२ रन बनाएकी थियिन !

एपिएफका लागि अन्जली चन्द, करुणा भन्डारी, सीता रानाले समान १/१ विकेट लिएका थिए !

एपिएफकी ज्योती पान्डे प्लेयर अफ द म्याच घोसित भएकी थियिन !

प्रदेस न १ र एपिएफ बिचको खेलमा एपिएफ बिजयी हुँदै प्रतियोगिताको फाइनल प्रबेस गरेको छ !

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा भईरहेको प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहेका थिए !

प्रतियोगिताको समुह ए मा एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश रहेका थिए भने पसमुह बी मा प्रदेश एक, दुई, तीन र कर्णाली रहेका थिए !

प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन ।