Cricket Himalaya
Cricket News From Top of The World

स्टेडियम निर्माणलाई भरतपुर महानगर द्वारा रु ६.४५ करोड बजेट बिनियोजन

असार १०, क्रिकेट हिमालय

धुर्मुस सुन्तली फाउन्डेसन द्वारा चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण प्रक्रिया स्थानियले डोजर लगाएर बार भत्काएपछी रोकिएको छ, यद्धपी सहयोग रकम सन्कलन कार्य र डिपिआरको काम निरन्तर चलेको फाउन्डेसनले जनाएको छ । येसैबिच भरतपुर महानगरपालिकाले गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ६ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरको मंगलबार सार्वजनिक बजेटमा रंगशालाका लागि महानगरको तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँच/पाँच लाख गरी ६ करोड ४५ लाख बजेट विनियोजन गरिएको हो । बजेट प्रस्तुत गर्दै उपमेयर पार्वती शाहले २९ वडाबाट पाँच/पाँच लाख र विनियोजन गरिएको बताएकी छन ।