Cricket Himalaya
Cricket News From Top of The World

अनिल साह उत्कृष्ट, पुलिस क्लब रात्रिकालिन एरिना प्रीमियर लिगको उपाधी बिजेता

असार १०, क्रिकेट हिमालय

एरिना टीभी द्वारा सन्चालित प्रदेस न. १ कै सबै भन्दा ठूलो रात्रीकालिन क्रीकेट प्रतियोगितामा आइतबार सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधी जित्न सफल भयेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको त्रिभुवन आर्मी क्लबले निर्धारीत २० ओभरमा ९ विकेट गुमायेर १२३ रन बनायो । हरी कृष्ण झाले १७ बलमा २२ रनको पारी खेले भने इशान पान्डेले २५ बलमा २७ रन, सुधिर चौधरीले २३ रन बनाये ।

पुलिसका लागी रोसन बुडालले ३ विकेट लिएका थिए भने चित्र बिष्ट र योगेन्द्र कार्कीले २-२ विकेट र मन्जित श्रेष्ठ र रोसन बुडालले १-१ विकेट लिएका थिए !

जवाफि ब्याटिङको लागि आएको नेपाल पुलिस क्लबले नवौ ओभरमा २ विकेट गुमाउदै लक्ष्य भेटाउन सफल रह्यो । दिलिप नाथले ३४ बलमा ३९ रन बनाएका थिए भने अनिल कुमार साहले १६ बलमा ३६ रन बनाए ।

आर्मीका लागि बिक्रम सोब र राहुल भन्डारीले १-१ विकेट लिये ।

फाइनल खेलका म्यान अफ द म्याच नेपाल पुलिसका अनिल कुमार साह भएका थिए !

म्यान अफ द सिरिज नेपाल पुलिस क्लब कै योगेन्द्र सिङ कार्की घोषित भये। तेस्तै बेस्ट ब्याट्सम्यान नेपाल पुलिसका अनिल कुमार साह भएका थिए भने बेस्ट बलर नेपाल पुलिस कै नवीन थापा भएका थिए ।

बिजेता टोलि ले नगद रु एक लाख प्राप्त गर्यो भने उपबिजेता टोली ले नगद रु ५० हजार प्राप्त गर्यो ।