Cricket Himalaya
Cricket News From Top of The World

पिएम कपको सेमिफाइनलमा सुदुर पस्चिम र प्रदेस न २, एपिएफ र प्रदेस न १ भिडने

असार ९, क्रिकेट हिमालय

महेन्द्रनगरमा जारी प्रधानमन्त्री महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत सातौ दिन असार १० गते सेमिफाइनलका खेलहरु हुनेछन !

पहिलो सेमिफाइनल सुदुर पस्चिम प्रदेस र प्रदेस न २ बिच हुनेछ भने दोश्रो सेमिफाइनल प्रदेस न १ र एपिएफ बिच हुनेछ !

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा भईरहेको प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहेका थिए !

प्रतियोगिताको समुह ए मा एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश रहेका थिए भने पसमुह बी मा प्रदेश एक, दुई, तीन र कर्णाली रहेका थिए !

प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन ।