Cricket Himalaya
Cricket News From Top of The World

योगेन्द्र कार्कि उत्कृष्ट, पुलिस रात्रिकालिन एपिएलको फाइनलमा प्रबेस

असार ९, क्रिकेट हिमालय

एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ‘ रात्रीकालिन एरिना प्रीमियर लिग (APL)’ को दोश्रो सेमि फाइनलमा नेपाल पुलिस क्लब इनरुवा बिरुद्ध ६ विकेटले बिजयी हुँदै फाइनल प्रबेस गरेको छ

टस जितेर पहिला ब्याटिङ रोजेको इनरुवाले १८ ओभर मा छोट्याइयेको खेलमा ८ विकेट गुमायेर १४२ रन बनायो । उस्का लागि हासिम अन्सारीले २५ बल मा ५२ रनको पारी खेले भने मेहबुब आलमले १५ बल मा १७ रन बनाये । तेस्तै राकेस सोनीले १६ बलमा १८ रन बनाये ।

पुलिसका लागी रोसन बुडालले ३ विकेट लिए भने सुनिल धमला, योगेन्द्र कार्की र नवीन थापाले १-१ विकेट लिये ।

जवाफमा ब्याटिङको लागि आयेको नेपाल पुलिस क्लबले १ ओभर बाकी छदै ४ विकेट गुमाउदै लक्ष्य भेटाउन सफल रह्यो । उस्का लागि दिलिप नाथले ३४ रन बनाये भने सुनिल धमलाले २२ रन बनाउदा योगेन्द्र सिङ कार्कीले ३३ रन बनाये ।

इनरुवाका लागि सरोज बस्नेत र रासिद खानले समान २-२ विकेट लिये ।

सो खेलका म्यान अफ द म्याच नेपाल पुलिस क्लबका योगेन्द्र सिङ कार्की घोषित भये।

प्रतियोगिताको फाइनल खेलमा आज साझ ६.३० बजे त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिडदै छन !