Cricket Himalaya
Cricket News From Top of The World

म दोहोरिए आईसिसीको हेडक्वाटर नै पुगेर क्यानको निलम्वन फुकाउछु – केशब बिस्ट

असार ९, क्रिकेट हिमालय

राखेपका सदस्यसचिब केसब बिस्टले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी जुलाईमा फुकुवा गर्ने दावी गरेका छन । आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरणबारे जानकारी दिँदै विष्टले जुलाईमा बस्ने आइसिसीको बोर्ड बैठकले क्यानको निलम्बन फुकुवा गर्ने बताएका हुन । साेमबार कार्यकाल सकिँदै गरेका विष्ट थप भन्छन – ‘यदि आफ्नो कार्यक्रम दोहोरिएको खण्डमा आइसिसीको हेडक्वार्टर मै पुगेर निलम्बन फुकुवाको पहल गर्ने छु ।

सरकारले नेपाल क्रिकेट बोर्ड गठनको प्रक्रिया सुरु गर्नुपर्ने समेत उनको जोड थियो । केही स्वार्थी तत्वहरुका कारण क्यान विवाद समाधान हुन नसकेको र क्यानको विवादित कमिटिले अदालतमा मुद्धा दायर गरेर समस्या समाधान अवरोध गरेको पनि विष्टको आरोप छ ।