Cricket Himalaya
Cricket News From Top of The World

कोहलपुरमा दोश्रो उपमेयर अन्तर मावी ‘छात्रा’ रनिङ सिल्ड क्रिकेट हुँदै, दर्ता खुला

असार ८, क्रिकेट हिमालय

कोहलपुर नगरपालिकाको आयोजना र मध्य पश्चिम क्रिकेट क्लबको ब्यबस्थापनमा असार १४-२१ सम्म प्रस्तावित कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘दोस्रो उपमेयर अन्तर माबी नगर स्तरिय छात्रा रनीङ शिल्ड क्रिकेट प्रतियोगिता‘ हुने भएको छ !

प्रतियोगिता सन्चालन लेदर बलले गरिने छ भने कम्तिमा ६ टिमको सहभागीता रहनेछ ! ८ वटा टिम भन्दा बढी दर्ता हुन आएमा नक आउटका आधारमा खेलाईने छ भने ८ वटा टिम सम्म दर्ता भएमा लिग कम फाइनलका आधारमा खेलाईने जानकारी आयोजकले दिएको छ !

प्रतियोगिता लिग/नक आउट चरणका खेलहरु १५/१५ ओभरको र फाईनल खेल २० ओभरको ICC
को नियम अनुसार स्थानिय मापदन्ड र आबश्यकताका आधारमा खेल सन्चालन गरिनेछ । (बिहान ७ – १० बजे र ३ – ६ बजे सम्म)

टिम दर्दा शुल्क रु १००० (एक हजार) मात्र रहेको छ र अन्तिम दर्ता (टिमको) मिती २०७६ असार १२ गते सम्म रहेको छ !

टाईसिट २०७६ असार १३ गते बिहान १० बजे कोहलपुर क्रिकेट मैदानमा तयार गरिनेछ । इछ्युक टिमहरुले २०७६ असार १२ गते दिनको १ बजे सम्म दर्ता गर्न सक्नुहुनेछ ।

प्रथम पुरस्कार रु २१००० नगद र ट्रफी, दोस्रो पुरस्कार रु ११००० नगद र ट्रफी सहित प्लेयर अफ द म्याच, उत्कृष्ट ब्याट्स्म्यान, उत्कृष्ट बलर, उत्कृष्ट फिल्डर, सर्बोउत्कृष्ट खेलाडी सहित अनुशासित टोलीलाई समेत आकर्षक पुरस्कारको ब्यबस्था रहेको छ !