Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप टि-२० महिला क्रिकेट : एपीएफ र गण्डकी प्रदेशले अंक बाढे

असार ८, क्रिकेट हिमालय

महेन्द्रनगको कबड हलमा जारी प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगितामा एपीएफ र गण्डकी प्रदेशले १/१ बाडेका छन । आजको दोस्रो खेल बर्षाले प्रभावित भएपछी अंक बाडेका हुन भने पहिलो खेल सुदूरपश्चिमले प्रदेश ५ लाई ५१ रनले पराजित गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा भईरहेको प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको समुह ए मा एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश रहेका छन । समुह बी मा प्रदेश एक, दुई, तीन र कर्णाली रहेका छन ।

प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन ।