असार ८, क्रिकेट हिमालय
मेहबुब आलम कप्तानीको रुपनी राईडर्सलाई पराजित गर्दै पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागनले मेयर कप सप्तरी प्रिमियर लिग दोश्रो संस्करणको उपाधि हात पार्न सफल भएको छ।
उपाधि सहित डाक्नेश्वरीले २ लाख रुपैयाँ हात पार्यो भने उप-विजेता रुपनी राइडर्सले १ लाख रुपैयाँमा चित्त बुझायो।
प्रतियोगिताको उत्कृस्ट खेलाडी डाक्नेश्वरी ड्रागन टिमका राहुल मण्डल चुनिए जसले १५ हजार रुपैयाँ पाए। यस्तै उत्कृस्ट ब्याट्सम्यान रुपनी राइडर्सका सोनु अन्सारी तथा उत्कृस्ट बलर डाक्नेश्वरी ड्रागनका रोबिन सिंह घोषित भए। उत्कृस्ट बलर र ब्याट्सम्यानले १० हजार रुपैयाँ प्राप्त गरे। रुपनी राइडर्सका अनुज यादब उदयमान खेलाडी घोषित भए जसले क्रिकेट ब्याट पुरस्कार पाए।
सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी स्कुलको मैदानमा पहिले ब्याटिंग गर्दै रुपनीले दिएको ११६ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले अन्तिम बलमा ८ विकेट गुमाएर जित्यो।
जितको लागि एक समय २४ बलमा ३४ रन आवस्यक हुँदा कप्तान पुष्प थापाले ९ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाएर टिमलाई जित नजिक पुर्याएका थिए। थापाको विकेटपछि खेल रोमान्चक अवस्थामा पुगेको थियो।
डाक्नेश्वरीको जितमा ओपनर बिशाल सुश्लिंगले सर्वाधिक ३८ रन बनाए। यस्तै कप्तान पुष्प थापाले २१, अविनाश कर्णले २० तथा राहुल मण्डलले १५ रन बनाए। रुपनी राइडर्सको बलिंगमा सैदुल्लाह अन्सारीले सर्वाधिक ३ विकेट लिए। यस्तै अनोज यादबले २ विकेट तथा प्रदिप पासवान र मेहबुब आलमले १/१ विकेट लिए।
यस अघि पहिले ब्याटिंग गरेको रुपनीले २० ओभरमा ९ विकेट गुमाएर ११५ रन बनाएको थियो। उसको लागि सन्तोष कार्कीले सर्वाधिक १९, सोनु अन्सारीले १८ , मुकेश यादबले १६ तथा हसिम अन्सारी, मेहबुब आलम र अनोज यादबले समान १४ रन बनाए।
डाक्नेश्वरीको बलिंगमा दिपेश कंडेल, पुष्प थापा र प्रेम तामांगले २/२ विकेट लिए भने रोबिन सिंहले १ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच पुष्प थापा चुनिए।
समापन समारोहमा पुरस्कार वितरण राजविराज नगरपालिकाका मेयर सम्भुप्रसाद यादव, उप-मेयर साधना झा, भिम दल गणपतिका प्रमुख सेनानी गुप्त बहादुर कुँवर, राजविराज नगरपालिका वडा नम्बर-५ का वडाध्यक्ष समिर कुमार झा, सप्तरी क्रिकेट संघका पुर्व अध्यक्ष शैलेश कुमार चौधरी लगायतले गर्नु भएको थियो।
समारोहमा खेलकुद पत्रकार मंच सप्तरीका अध्यक्ष मनोज कुमार माझि, सिस्का एलइडीका पुर्वान्चल प्रोपाइटर गोपी कुमार सिंह , सिस्काकै पुर्वान्चल म्यानेजर विवेक चौरसिया, ग्रिन नेपालका अध्यक्ष खिलानन्द दास, सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, लक्ष्मी जलका प्रोपाइटर आशिष सिंह, सप्तरी लायन्स क्रिकेट एकेडेमीका कोषाध्यक्ष गजेन्द्र माझि, राजविराज नपा वडा नम्बर-५ का सदस्य गंगा सागर गुप्ता, बजाज खडक वारियर्सका प्रोपाईटर मोहम्मद अनवर अलि लगायतको उपस्थिति रहेको थियो।
सप्तरी क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा कुल ५ टोलि सहभागी रहेका थिए।