Cricket Himalaya
Cricket News From Top of The World

व्हिल चेयर क्रिकेट एसोसिएसनका अध्यक्ष छुल्टिम शेर्पा ‘एस ओ एस’ द्वारा सम्मानित

असार ८, क्रिकेट हिमालय

एस ओ एस चिल्ड्रेन भिलेज इन्टरन्यासनल, नेपाल साखाले डिसएबल बालबालिका एवम युवाहरुलाई बराबर अवसर प्रदान गर्दै अतुलनिय योगदान दिए बापत नेपाल व्हिलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पालाइ सम्मानित गरेको छ !

एस ओ एस चिल्ड्रेन भिलेज, सानोठिमिमा सम्पन्न एस ओ एसको ७० औ एनिभर्सरी एवम सन्स्थापक हर्मन जेमिनरको १०० औ जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा छुल्टिम शेर्पालाइ उक्त सम्मान गरिएको थियो !

नेपाल व्हिल चेयर क्रिकेट एसोसिएसन अध्यक्ष, छुल्टिम शेर्पा

‘महिला तथा बालबालिका मन्त्री थम माया थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमले अन्तर्राष्ट्रिय सन्स्था एस ओ एसको यो सम्मानले थप व्हिल चेयर क्रिकेट लगायत बालबालिका र युवालाइ अवसर प्रदान गर्ने दावित्वबोध भएको छ’