Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप टि-२० महिला क्रिकेट : सुदूरपश्चिम द्वारा प्रदेश ५ पराजित

असार ८, क्रिकेट हिमालय

महेन्द्रनगको कबड हलमा जारी प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले जित हात पारेको छ । सुदूरपश्चिमले प्रदेश ५ लाई ५१ रनले पराजित गर्‍यो । टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले १६.१ ओभरमा सबै विकेट गुमाउँदै १०० रन बनाएको थियो । सुदूरपश्चिमका लागि कविता कुँवरले ४३ रन बनाउँदा अन्य खेलाडीको प्रदर्शन खराब रह्यो । कविता जोशीले १९ रन बनाईन । बलिङतर्फ नेरी थापा र एलिशा केसीले ३/३ विकेट लिए । यस्तै सिमा, कृतिका र सरस्वतीले समान १/१ विकेट लिए ।

१०१ रनको लक्ष्य पछ्याएको प्रदेश ५ १६ ओभर खेल्दा ४९ रनमा अलआउट भयो । प्रदेश ५ का लागि लक्ष्मी चौधरीले १२ रन बनाईन भने अन्य खेलाडीको प्रदर्शन खराब रह्यो । बलिङतर्फ जानकी भट्टले तीन विकेट लिइन् भने कविता कुँवर, सुमन विष्ट र लक्ष्मी साउदले समान २/२ विकेट लिए । [ स्कोर कार्ड ]