Cricket Himalaya
Cricket News From Top of The World

पारस खडकाको टिम ‘बास्केटबल’ मा ४५-३१ ले बिजयी

असार ७, क्रिकेट हिमालय

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल लगायतले प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपालले आयोजना गरेको क्वीक्स नेपाल बास्केटबल लिगको फाइनलको दिन सेलिब्रेटी म्याचको रुपमा बास्केटबल खेलेका खेलेका थिए !

पारस खड्का र कलाकार प्रशान्त ताम्राकार, समृद्धि राई एक टिममा थिए भने प्रशान्त, ज्ञानेन्द्र र आयुष्मा देशराज जोशी अर्को टिममा थिए।

खेल पारसको टिमले उत्कृष्ट प्रदसन गर्दै ४५-३१ ले जित्यो।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उक्त म्याचमा करिब ४ हजार दर्शकले पारसको बास्केटबल कला हेरेका थिए !

फोटो : पहिलोपोस्ट/गोबिन्द राज नेपाल