Cricket Himalaya
Cricket News From Top of The World

श्रावण पहिलो हप्तादेखि ‘कोहलपुर प्रीमियर लिग’ हुँदै, खेलाडी दर्ता खुला

असार ७, क्रिकेट हिमालय

नेपाल स्टार क्रिकेट क्लब, कोहलपुरको आयोजनामा कोहलपुर स्थित ‘प्रस्तावित अन्तर्राष्ट्रिय कोहलपुर क्रिकेट मैदान’ मा श्रावण पहिलो हप्ता देखि ‘कोहलपुर प्रीमियर लिग‘ हुने भएको छ !

प्रतियोगिता अन्तर्गत कोहलपुर रोयल्स, हवल्दारपुर स्टार्स, कोहलपुर सुपर किङ्ग्स गरि कुल ३ टिमहरुको सहभागीता रहनेछ !

सौगात रानाभाट रोयल्स, लभकुश यादब स्टार्स, दिलिप सुनार सुपर किङ्ग्सको मार्की प्लेयर चयन भएका छन !

प्रतियोगिता अन्तर्गत टिमले खेलाडी अक्सन बेसमा किन्नेछन, मार्की प्लेयरको न्युनतम मूल्य रु ५ हजार, ग्रेड ए प्लेयरको न्युनतम मूल्य रु २५ सय, ग्रेड बि प्लेयर्सको रु २ हजार र ग्रेड सि प्लेयर्सको रु १५ सय रहनेछ !

प्लेयरले आफ्नो रजिस्ट्रेसन असार ७-१५ सम्म रु १ हजार तिरेर हुन सक्छन !

दर्ता सम्पर्क : ९८१९५२०६४९, ९८१३८४०५९९