असार ७, क्रिकेट हिमालय
महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको पहिलो खेलमा प्रदेस न १ ले कर्णाली प्रदेसलाई पराजित गरेको छ भने प्रदेस न २ ले प्रदेस न ३ लाई पराजित गरेको छ !
पहिलो खेल
सुरुमा ब्याटिङ गरेको कर्णालिले १.१ ओभरमा बिना विकेट गुमाउदै ५ रन बनाउदा बर्षाले खेल अवरुद्ध भएको थियो !
अन्तिम समयमा खेल सुरु गर्ने निर्णय गरेपछी कर्णालिले ५ ओभरमा १ विकेट गुमाउदै २३ रन बनाएको थियो, डिएल मेथड अनुसार प्रदेस न १ ले २६ रनको लक्ष पाएको थियो !
कर्णालिको लागि मधु डिसिले १४ बलमा १० रन, मन्जु चौधरीले १३ बलमा ६* रन बनाएकी थियिन !
प्रदेस न १ का लागि सबनम राइले एक मात्र विकेट लिएकी थियिन !
लक्ष पछ्याएको प्रदेस न १ ले १.३ ओभरमा कुनै विकेट नगुमाउदै २६ रन बनाएपछी सहज १० विकेटको जित हात पारेको थियो ! काजल श्रेष्ठले १२* र रुबिना छेत्रीले ११* रन बनाएकी थियिन !
दोश्रो खेल
सुरुमा ब्याटिङ गरेको प्रदेस न २ ले २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो ! सोभा आलेले ४१ बलमा ४०, सन्तोशी चौधरीले २५ बलमा १५* रन बनाएकी थियिन !
प्रदेस न ३ का लागि सुमन खतिवडा र करुणाश्री लामाले समान २/२ विकेट लिएका थिए भने खुसी डङोल र कृश्मा गुरुङ्गले समान १/१ विकेट लिएका थिए !
लक्ष पछ्याएको प्रदेस न ३ ले १९.४ ओभरमा अलआउट हुँदै १०० रनमा सिमित भएपछी ६ रनको हार बेहर्यो ! नेलिसा लामाले ४२ बलमा १६, अश्मिना कर्माचार्य १६ बलमा १५, कन्चन श्रेष्ठले २७ बलमा २६ रन बनाएका थिए !
प्रदेस न २ का लागि कविता गौतम र रोजि कडारिले समान २/२ विकेट, शान्ती र सन्तोशी चौधरीले समान १/१ विकेट लिएका थिए !
प्रदेस न २ कि सोभा आले प्लेयर अफ द म्याच भएकी थियिन !
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ !
समुह ए : एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश
समुह बी : प्रदेश एक, दुई, तीन र कर्णाली ।
प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन ।
प्रतियोगिताको कुल खर्च ८८ लाख रुपैयाँ रहेको छ
टाइसिट