Cricket Himalaya
Cricket News From Top of The World

रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन सप्तरी प्रीमियर लिगको फाइनलमा प्रबेस

असार ७, क्रिकेट हिमालय

सप्तरी प्रीमियर लिग अन्तर्गत अत्यन्त रोमान्चक खेलमा तिलाठी कोइलाडी ड्रागनलाई २ रनले पराजित गर्दै डाक्नेश्वरी ड्रागन मेयर कप सप्तरी प्रिमियर लिगको फाइनल प्रवेश गरको छ।

लिग चरणको अन्तिम खेलमा तिलाठी र डाक्नेश्वरी मध्ये विजेता टिमले फाइनल प्रवेश गर्ने समीकरण बनेको थियो।

पहिले ब्याटिंग गर्दै डाक्नेश्वरीले १९.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाउन सक्यो। १०२ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठीले २० ओभर ब्याटिंग गरे पनि सबै विकेट गुमाएर ९९ रन मात्रै बनाउन सक्यो।

लिग चरणको खेल सकिंदा अंकतालिकामा रुपनी राइडर्स ४ खेलमा ३ जित र १ नतिजाविहिन अंकसहित ७ अंक बटुल्दै शिर्षस्थानमा रह्यो। यस्तै ४ खेलमा ३ जित र १ हार बेहोरेको डाक्नेश्वरी ६ अंक बटुल्दै दोश्रो स्थानमा रह्यो। तिलाठी कोइलाडी र बोदे बर्साइनको ३/३ अंक रह्यो भने डिफेन्डिंग च्याम्पियन बजाज खडक वारियर्स जित विहिन रहँदै अंकतालिकाको पुछारमा रह्यो।

प्रतियोगिताको फाइनल खेलमा सोमबार दिउसो १२ बजे मेहबुब आलम कप्तानको रुपनी राइडर्स र पुष्प थापा कप्तानीको डाक्नेश्वरी ड्रागन बीच खेलिनेछ।

लिगको विजेताले २ लाख तथा उप-विजेता टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

डाक्नेश्वरीले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीको लागि रोहन बिकले सर्वाधिक २५ रन, सुरज पटेलले १८, कमल ओली र प्रशान्त राइले १४ रन बनाए भने राष्ट्रिय खेलाडी समेत रहेका सुनिल धमलाले २ रन मात्रै बनाउन सके।

डाक्नेश्वरीका बलरहरुले अनुशाशित बलिंग प्रदर्शन गरे जसको लागि रोबिन सिंहले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा १९ रन मात्र खर्चिए। यस्तै राहुल मण्डलले २ विकेट तथा चित्र बहादुर बिस्ट र दिपेश कंडेलले १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गर्ने क्रममा डाक्नेश्वरीको लागि राहुल मण्डलले सर्वाधिक २५, चित्र बहादुर बिस्टले २०, रोबिन सिंहले १३ तथा प्रेम तामांगले १० रन बनाएका थिए। तिलाठीको लागि बलिंगमा कमल ओलीले ४ विकेट लिएका थिए जुन क्रममा ४ ओभरमा ९ रन मात्र खर्चिए। विकास दास र सुनिल धमलाले २/२ तथा रोहित सिंह र अनिल यादबले १/१ विकेट लिए।