Cricket Himalaya
Cricket News From Top of The World

देबेन्द्र भट्ट अध्यक्ष चयन, दार्चुला जिल्ला क्रिकेट संघको साधारणसभा सम्पन्न

असार ७, क्रिकेट हिमालय

दार्चुला जिल्ला क्रिकेट संघको अध्यक्षमा देबेन्द्र भट्ट चयन भएका छन् । आज सम्पन्न विशेष साधरणसभाले भट्टको अध्यक्षतामा १३ सदस्यीजिल्ला कार्यसमिति चयन गरेको

देवेन्द्र भट्टको – अध्यक्षता, उपाध्यक्ष – भुवन जोशी, सचिव – दिनेश मल्ल, कोषाध्यक्ष – भोजराज जोशी

सदस्यहरु : खडक सिंह लोथ्याल, नितिश भट्ट, कैलाश सिंह ठगुन्ना, धनेन्द्र सिंह धामी, बिक्रम सिंह बडाल, हर्क बहादुर ठगुन्ना, जयन्ती भट्ट, इन्द्रदेव पन्त र प्रकाश सिंह नबियाल

केन्द्रीय प्रतिनिधिमा जयन्ती भट्ट चयन भएका छन् । प्रदेश प्रतिनिधिमा दिनेश मल्ल, खडक सिंह लोथ्याल, देवेन्द्र भट्ट र धमेन्द्र सिंह धामी सर्वसम्मत रुपमा चयन भएका छन् ।

नेपाल क्रिकेट संघको बिधान २०५५ (सन्सोधन सहित) को धारा २२(३) बमोजिम गठन भएको ५ सदस्यिय ‘स्वतन्त्र टोलि’ ले बिधानको धारा २३(५) बमोजिम बिस्तृत अध्ययन गरि तयार गरेको प्रतिबेदनमा जिल्लाहरुको चार वर्गीकरण गरिएको थियो !

२० जिल्लाहरुलाइ सदर अर्थात पुरानै निर्वाचनलाई मान्यता दियिएको थियो भने ७ जिल्लाहरुलाइ पुन निर्वाचन गर्न पर्ने तर सदस्यता नया बाडन नपर्ने, ६ जिल्लाहरुलाइ नया सदस्यता बितरण गर्दै पुन निर्वाचन गर्नपर्ने र दार्चुला सहित ६ जिल्लाहरुलाइ अप्रयाप्त सन्ख्यामा सदस्यहरु भएतापनी एक मौका दिने निर्णय दिएको थियो !

सोही निर्देसन अनुरुप दार्चुला जिल्ला क्रिकेट संघको पुन निर्वाचन आज भएको हो !

स्वतन्त्र समितिले वर्गीकरण गरेका जिल्लाहरु

सदर जिल्लाहरुमा सर्लाही, बारा, धनुषा, सिराहा, रौतहट, सुनसरी, नवलपुर, कास्की, पाल्पा, परासी, कपिलवस्तु, बर्दिया, बाके, सुर्खेत, रुपन्देही, कंचनपुर, डडेलधुरा, बझाङ, अछाम, बैतडी रहेका थिए !

पुन निर्वाचन गर्नुपर्ने तर पुन सदस्यता बाडन नपर्ने जिल्लाहरुमा महोत्तरी, काठमाडौ, चितवन, मोरङ, कैलाली, सप्तरी, दाङ रहेका छन !

त्यस्तै पुन निर्वाचन सहित सदस्यता नया समेत बाडन पर्ने जिल्लाहरुमा पर्सा, मकवानपुर, उदयपुर, तनहु, भक्तपुर, ललितपुर रहेका छन !

अप्रयाप्त सदस्य भएका जिल्ला/सदस्यता खारेज भएता पनि एक मौका दिने निर्णय भएका जिल्लाहरुमा नुवाकोट, इलाम, झापा, स्याङ्जा, दार्चुला, डोटि रहेका छन !