Cricket Himalaya
Cricket News From Top of The World

पिएम कप महिला क्रिकेट : बर्षाले प्रभावित खेलमा कर्णाली बिरुद्ध प्रदेश न १ बिजयी

असार ७, क्रिकेट हिमालय

महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत चौथो दिनको पहिलो खेलमा प्रदेश न १ ले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सुरुमा ब्याटिङ गरेको कर्णालिले १.१ ओभरमा बिना विकेट गुमाउदै ५ रन बनाउदा बर्षाले खेल अवरुद्ध भएको थियो । अन्तिम समयमा खेल सुरु गर्ने निर्णय गरेपछी कर्णालिले ५ ओभरमा १ विकेट गुमाउदै २३ रन बनाएको थियो, डिएल मेथड अनुसार प्रदेश न १ ले २६ रनको लक्ष पाएको थियो । कर्णालिको लागि मधु डिसिले १४ बलमा १० रन, मन्जु चौधरीले १३ बलमा ६* रन बनाएकी थिईन । प्रदेश न १ का लागि सबनम राइले एक मात्र विकेट लिएकी थिईन । लक्ष पछ्याएको प्रदेश न १ ले १.३ ओभरमा कुनै विकेट नगुमाउदै २६ रन बनाएपछी सहज १० विकेटको जित हात पारेको थियो । काजल श्रेष्ठले १२* र रुबिना छेत्रीले ११* रन बनाएकी थिईन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ ।

समुह ए : एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश
समुह बी : प्रदेश एक, दुई, तीन र कर्णाली

प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन । प्रतियोगिताको कुल खर्च ८८ लाख रुपैयाँ रहेको छ ।

टाईसिट