Cricket Himalaya
Cricket News From Top of The World

प्रधानमन्त्री कप टि-२० महिला क्रिकेट : प्रदेश १ को दोस्रो जित

असार ७, क्रिकेट हिमालय

प्रधानमन्त्री कप टि-२० महिला क्रिकेटमा प्रदेश १ ले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा प्रदेश न २ लाई ८ विकेटले पराजित गरेको थियो । आज भएको खेलमा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्यो । महेन्द्रनगको कबड हलमा जारी चौँथो प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगिता अन्तर्गत बर्षाका कारण ५ ओभरमा छोट्याईएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले एक विकेटको क्षतीमा २३ रन बनाएको थियो । डकवर्थ एण्ड लुइसको नियमका आधारमा प्रदेश १ ले २६ रनको लक्ष्य पाएको थियो । उसका लागि मधु डिसी १० तथा मञ्जु चौधरीले ६ रन बनाएका थिए । बलिङमा सबनम राईले एक विकेट लिएकी थिईन । २६ रनको लक्ष्य प्रदेश १ ले १.३ ओभरमा विना विकेटका क्षतीमा लक्ष्य पुरा गर्यो । उसका लागि काजल श्रेष्ठले ११ र रुविना क्षेत्रीले १२ रन बनाईन । [ स्कोर कार्ड ]