Cricket Himalaya
Cricket News From Top of The World

बर्षाको कारण छोट्याईएको खेलमा प्रदेश नम्बर १ ले २६ रनको लक्ष्य पायो

असार ७, क्रिकेट हिमालय

महेन्द्रनगको कबड हलमा जारी चौँथो प्रधानमन्त्री महिला कप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबारको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले एक दशमलव एक ओभरमा बिना विकेट ५ रन जोड्दा वर्षा भएको थियो । बर्षाको कारण ५ ओभरमा छोट्याईएको खेलमा कर्णाली प्रदेशले १ विकेट गुमाएर २३ रन बनाएको छ । डकवर्थ एण्ड लुइसको नियमका आधारमा प्रदेश १ ले २६ रनको लक्ष्य पाएको छ । कर्णाली प्रदेशको लागि मधु डिसी १० रन बनाईन । त्यस्तै, मन्जु ले ६ रन बनाईन भने रबिनाले २ रन जोडीन । प्रदेश नम्बर १ को लागि १ मात्र विकेट सबनम राई ले लिईन । [ स्कोर कार्ड ]