Cricket Himalaya
Cricket News From Top of The World

प्रदेस न १ स्तरिय पुरुष क्रिकेटको उपाधी बिजेता मोरङ्ग जिल्ला क्रिकेट टिम

असार ६, क्रिकेट हिमालय

सामजिक बिकास मन्त्रालयको आयोजना एवम प्रदेस न १ छेत्रीय खेलकुद बिकास समितिको सम्योजन र इनरुवा नगरपालिकाको सहयोगमा असार १ देखि संचालित ‘प्रदेस न १ स्तरिय पुरुष क्रिकेट प्रतियोगिता को उपाधी झापालाइ ८४ रनले पराजित गर्दै मोरङ्गले जितेको छ !

फाइनल खेलमा सुरुमा ब्याटिङ गर्दै मोरङ्गले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनाएको थियो ! लक्ष पछ्याएको झापा १४.४ ओभरमा ८२ रनमा समेटिएपछी मोरङ्गले ८४ रनले खेल जित्दै उपाधी भित्र्यायो !

फाइनल खेलको म्यान अफ द म्याच मोरङ्गका सौगात भट्टराई भएका थिए

त्यसैगरी प्रतियोगिताको बेस्ट बलर सुनसरिका सोनु मन्डल, बेस्ट ब्याट्सम्यान झापाका अन्कित सुवेदी घोसित भएका थिए !

म्यान अफ द सिरिज मोरङ्गका सौगात भट्टराई भएका थिए भने प्रतियोगिताकै अनुसासित टिम झापा घोसित भयो !

फाइनल खेल सुनसरी जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनुरोध थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो !