Cricket Himalaya
Cricket News From Top of The World

शन्कर रानाको उत्कृष्ट प्रदसन, रात्रिकालिन एपिएलको सातौ दिन एपिएफ बिजयी

असार ७, क्रिकेट हिमालय

एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ‘ रात्रीकालिन एरिना प्रीमियर लिग (APL)’ को सातौ दिनको खेलमा एपिएफले एरिना च्यालेन्जरलाइ ४ विकेटले पराजित गरेको छ !

सुरुमा ब्याटिङ गरेको एरिनाले २० ओभरमा ७ विकेट गुमाउदै ९६ रन बनाएको थियो ! अनिस लुइटेलले ४९ बलमा ४५, सुमन पौडेलले १९ बलमा १५ रन बनाएका थिए !

एपिएफका लागि सागर भन्डारी र भुवन कार्किले समान २/२ विकेट लिएका थिए !

लक्ष पछ्याएको एपिएफले १२.१ ओभरमा ६ विकेट गुमाउदै ९९ रन बनाएपछी ४ विकेटको जित हात पार्यो ! शन्कर रानाले ३० बलमा ४२, आयुशमान बमले २० बलमा २८ रन बनाएका थिए !

एरिनाको लागि भुपाल लुइँटेलले ३, सोयम पोखरेलले २ विकेट लिएका थिए !

एपिएफका शन्कर राना प्लेयर अफ द म्याच घोसित भएका थिए !

टाइसिट