Cricket Himalaya
Cricket News From Top of The World

कृतिका र रुबिना उत्कृष्ट, पिएम कपको तेश्रो दिन प्रदेश न १ र ५ बिजयी

असार ६, क्रिकेट हिमालय

महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा प्रदेश न २ लाई प्रदेश १ ले ८ विकेट र प्रदेस न ३ लाई प्रदेस न ५ ले पनि ८ विकेटले पराजित गरेको छ !

दोश्रो खेल

सुरुमा ब्याटिङ गरेको गन्डकी प्रदेस १८.३ ओभरमा अल आउट हुँदै ७८ रनमा समेटिएको थियो ! सृष्टि पौडेलले ११ बलमा १८, सुशिला गुरुङ्गले २६ बलमा १९ रन बनाएका थिए ! प्रदेस न ५ का लागि कृतिका मरासिनी ३, सिमा थापा २, नेरि थापा, सरस्वती पुनमगर, लक्ष्मी चौधरिले समान १/१ विकेट लिएका थिए ! लक्ष पछ्याएको प्रदेस न ५ ले १२.२ ओभरमा २ विकेट गुमाउदै ८१ रन बनाएपछी ८ विकेटको जित हात पारेको थियो ! सरस्वती घर्तिमगर १८ बलमा १०, गिता गोसाइ ३० बलमा २०, नेरि थापा १९ बलमा २८* रन बनाएका थिए ! गन्डकीका लागि सुशिला गुरुङ्गले २ विकेट लिएकी थियिन ! प्रदेस न ५ कि कृतिका मरासिनी प्लेयर अफ द म्याच घोसित भएकी थियिन ! [स्कोर कार्ड ]

पहिलो खेल

प्रदेश न २ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । फलस्वरूप, प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट क्षति मात्र ७१ रन बनाउन सक्यो । ब्याटिङतर्फ प्रदेश २ का लागि शान्ति चौधरीले सर्वाधिक ४८ बल खेल्दै १४ रन बनाउदा शोभा आले र सरस्वती चौधरीले समान १३/१३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन् । बलिङतर्फ प्रदेश २ का लागि कप्तान रुविना क्षेत्रीले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिन सफल हुँदा अप्सरी बेगमले ३ ओभर बलिङ गर्दै १२ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिन सफल भइन । ७२ रनको झिनो विजयीलक्ष्य पछ्याउँदै मैदान उत्रेको प्रदेश १ ले निर्धारित २० ओभरको खेलमा १४.२ ओभर खेल्दै २ विकेट क्षति ७५ रन बनाउदै रोमाञ्चक ८ विकेटको जित आफ्नो नाममा दर्ता गराउन सफल भएको छ । ब्याटिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४५ बल खेल्दै अविजित २६ रन बनाउदा काजोल श्रेष्ठ १९ रन,रोमा थापा १४ रन तथा अप्सरी बेगमले अविजित ४ रन बनाउदै आफ्नो टिमलाई रोमाञ्चक ८ विकेटले जिताउन सफल भइन । बलिङतर्फ प्रदेश २ का लागि सन्तोषी चौधरी र सरस्वती चौधरीले समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन । प्रतियोगिताको पांचौ खेल प्रदेश १ ले ८ विकेटले जित्न सफल भएको छ। [स्कोर कार्ड ] खेलकी वुमन अफ दी म्याच प्रदेश १ कि कप्तान रुविना क्षेत्री घोषित हुन सफल भएकी छिन ।

टाइसिट