Cricket Himalaya
Cricket News From Top of The World

रुपनि राइडर्स र डाक्नेश्वरी ड्रागन सप्तरी प्रीमियर लिगको पाचौ दिनमा बिजयी

असार ६, क्रिकेट हिमालय

सप्तरीमा जारि मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता अन्तर्गत पाँचौ दिन सम्पन्न २ खेलमा रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन विजयी भएका छन्। रुपनी राइडर्सले बोदे बर्साइन थन्डर्सलाई तथा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई पराजित गर्यो।

आज जित हाँसिल गर्दै रुपनी राइडर्सले ४ खेलमा ३ जित र १ नतिजाविहिन अंक सहित ७ अंक बटुली प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ। लिगको अन्तिम खेलमा शनिबार तिलाठी कोइलाडी र डाक्नेश्वरी ड्रागन बीच खेल हुनेछ जसको विजेता टिमले फाइनलमा स्थान बनाउनेछ।

दोश्रो खेल

पहिले ब्याटिंग गर्दै रुपनी राइडर्सले दिएको २७४ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साइनले १८.३ ओभरमा सबै विकेट गुमाएर १६१ रन आत्रे बनाउन सक्यो।

बोदे बर्साइनको लागि कप्तान मन्जित श्रेष्ठले अविजित ६६ रन बनाए जुन क्रममा ३९ बलमा ४ चौका र ६ छक्का प्रहार गरे। अमित यादबले ३१ तथा बिधान गोश्वामीले २२ रन बनाए।

रुपनीको लागि बलिंगमा गोमानंद अमात्यले ३ विकेट तथा अनोज यादब र प्रदिप पासवानले २/२ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले २० ओभरमा १ विकेट गुमाएर २७३ रनको विशाल योगफल तयार गरको थियो।

सन्तोष कार्की र सोनु अन्सारीले रुपनीको लागि शतकीय इनिंग खेल्ने क्रममा विस्फोटक ब्याटिंग गरे। सन्तोषले १०० रन बनाउन ४५ बलमा ५ चौका र ११ छक्का प्रहार गरे। सोनु अन्सारीले अविजित ११४ रन बनाउन ५६ बलमा ५ चौका र १३ छक्का प्रहार गरे।

इनिंगको अन्तिम तिर मेहबुब आलमले पनि अविजित अर्धशतक बनाए जुन क्रममा २० बलमा ७ छक्का र १ चौका प्रहार गरे।

बोदे बर्साइनको बलिंगमा मन्जित श्रेष्ठले १ मात्र विकेट लिएपनि ४ ओभरमा ६४ रन खर्चिए। ओपन राइले ४ ओभरमा ५५, अमित यादबले २ ओभरमा ४५ तथा बिधान गोश्वामीले ४ ओभरमा ५१ रन खर्चिए।

पहिलो खेल

दिनको पहिलो खेलमा डाक्नेश्वरी ड्रागनले बजाज खडक वारियर्सलाई ५ विकेटले पराजित गर्यो।

पहिले ब्याटिंग गर्दै बजाज खडक वारियर्सले दिएको १२३ रनको लक्ष्य डाक्नेश्वरी ड्रागनले मात्र ५ विकेट गुमाएर १८.५ ओभरमा पुरा गर्यो।

लक्ष्य पछ्याउने क्रममा डाक्नेश्वरीका ओपनर बिशाल सुश्लिंगले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ५२ बलमा ८ चौका र १ छक्का प्रहार गरे। यस्तै कप्तान प्रेम तामांगले अविजित २१ तथा राहुल मण्डल र अभिनाश कर्णले १२/१२ रन बनाए।

वारियर्सका बलर संसाद शेख, नन्दन झा, मनिष मण्डल र अमित दासले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा ८ विकेट गुमाएर १२२ रनको योगफल तयार गरको थियो।

कप्तान राजेश पुलामीले वारियर्सको लागि सर्वाधिक ७४ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पुलामीले उक्त रन बनाउन ४५ बलमा ३ चौका र ७ छक्का प्रहार गरेका थिए। १०.२ ओभरमा ५२/५ को अवस्थाबात पुलामीले संसाद शेखसंग छैठौं विकेटको लागि ४८ रनको साझेदारी गरेका थिए। संसादले ९ रन बनाए।

डाक्नेश्वरी ड्रागनको लागि राहुल मण्डल र रोबिन सिंहले समान २/२ विकेट लिए। यस्तै चित्र बहादुर बिस्ट, बिशाल सुश्लिंग र प्रेम तामांगले १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच बिशाल सुश्लिंग चुनिए।