Cricket Himalaya
Cricket News From Top of The World

रुबिना छेत्रीको अलराउन्ड प्रदर्शन, प्रदेश न २ बिरुद्ध प्रदेश न १ बिजयी

असार ६, क्रिकेट हिमालय

महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता अन्तर्गत तेश्रो दिनको पहिलो खेलमा प्रदेश न २ लाई प्रदेश १ ले ८ विकेटले पराजित गरेको छ ।

 प्रदेश न २ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । फलस्वरूप, प्रदेश २ ले निर्धारित २० ओभरमा ९ विकेट क्षति मात्र ७१ रन बनाउन सक्यो । ब्याटिङतर्फ प्रदेश २ का लागि शान्ति चौधरीले सर्वाधिक ४८ बल खेल्दै १४ रन बनाउदा शोभा आले र सरस्वती चौधरीले समान १३/१३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन् । बलिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर सर्वाधिक ४ विकेट लिन सफल हुँदा अप्सरी बेगमले ३ ओभर बलिङ गर्दै १२ रन खर्चेर महत्त्वपूर्ण २ विकेट लिन सफल भईन ।

७२ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको प्रदेश १ ले निर्धारित २० ओभरको खेलमा १४.२ ओभर खेल्दै २ विकेट क्षति ७५ रन बनाउदै रोमाञ्चक ८ विकेटको जित आफ्नो नाममा दर्ता गराउन सफल भएको छ । ब्याटिङतर्फ प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४५ बल खेल्दै अविजित २६ रन बनाउदा काजोल श्रेष्ठ १९ रन,रोमा थापा १४ रन तथा अप्सरी बेगमले अविजित ४ रन बनाउदै आफ्नो टिमलाई रोमाञ्चक ८ विकेटले जिताउन सफल भईन । बलिङतर्फ प्रदेश २ का लागि सन्तोषी चौधरी र सरस्वती चौधरीले समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन । खेलकी वुमन अफ दी म्याच प्रदेश १ कि कप्तान रुविना क्षेत्री घोषित हुन सफल भएकी छिन । प्रतियोगिताको छैटौं खेल प्रदेश ५ र गण्डकी प्रदेशवीच दिउँसो ३ बजेदेखि सुरु हुनेछ । [स्कोर कार्ड]