Cricket Himalaya
Cricket News From Top of The World

अनिल साहको आक्रमक अर्धसतक, रात्रिकालिन एपिएलको छैठौ दिन पुलिस बिजयी

असार ६, क्रिकेट हिमालय

एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ‘ रात्रीकालिन एरिना प्रीमियर लिग (APL)’ को छैठौ दिनको खेलमा पुलिसले एरिना च्यालेन्जर लाइ ८८ रनले पराजित गरेको छ !

नेपाल पुलिस क्लब र एरिना च्यालेन्जर

सुरुमा ब्याटिङ गरेको पुलिसले २० ओभरमा ५ विकेट गुमाउदै २११ रन बनाएको थियो ! दिलिप नाथले २९ बलमा ४१, अनिल साहले ५८ बलमा ९५, योगेन्द्र कार्किले १५ बलमा ३१ रन बनाएका थिए !

एरिना २० ओभरमा ८ विकेट गुमाउदै १२३ रनमा समेटिएपछी ८८ रनले पराजित रह्यो ! मनिस दाहलले २० बलमा ५० रन बनाएका थिए !

पुलिसका सुनिल धमला र नवीन थापाले समान २/२ विकेट लिएका थिए !

पुलिसका अनिल साह प्लेयर अफ द म्याच घोसित भएका थिए !

टाइसिट