Cricket Himalaya
Cricket News From Top of The World

सन्दिप सङ्गै सोमपाल कामी ग्लोबल टि२० क्यानडा लिगमा आवद्ध

असार ५, क्रिकेट हिमालय

दोस्रो संस्करणको ग्लोबल टि-ट्वान्टी क्यानडा अन्तर्गत नेपाली युवा स्टार खेलाडी सन्दिप लामिछानेलाई टोरन्टो न्यासनलले ६० हजार डलरमा आवद्ध गरेको छ भने सोमपाल कामिलाइ ३ हजार डलरमा हक्सले आवद्ध गरेको छ !

दोश्रो सिजनको उक्त क्रीकेट प्रतियोगिता जुलाई २५ देखि अगस्ट ११ सम्म हुनेछ !

६ टिम सहभागी हुने प्रतियोगिता राउन्ड रोबिन र प्ले अफ सिस्टममा संचालन हुनेछ। प्रतियोगितामा १८ राउन्ड रोबिन, ३ प्ले अफ र १ फाइनल गरि जम्मा २२ खेल हुनेछन्।

पहिलो संस्करणको ग्लोबल टि-ट्वान्टी क्यानडा क्रीकेट प्रतियोगितामा सन्दीप लामिछाने लासिथ मालिंगाको कप्तानिमा रहेको मोन्ट्रेअल टाइगर्समा आवद्ध थिए। प्रतियोगितामा उनी आवद्ध टिम जम्मा ६ खेल मध्ये २ खेलमा जित र ४ खेलमा पराजित हुदै प्रतियोगिताको पाँचौ भएको थियो।

६ मध्ये ५ खेल खेलेका सन्दीप लामिछानेले २० ओभरमा २ मेडन ओभर गर्दै १५७ रन खर्चिएर ८ विकेट लिएका थिए।

२० ओभर (१२० बल) मा ५७ बल डट गरेका लामिछानेको बलिङ एभरेज १९.६३, इकोनोमी ७.८५ र स्ट्राइक रेट १५ छ। त्यस्तै २ खेलमा ब्याटिङ गर्दै ४ बल खेलेका लामिछानेले ८ रन जोडेका थिए।