Cricket Himalaya
Cricket News From Top of The World

दाङ्गमा प्रदेस स्तरिय क्रिकेट रंगशाला निर्माण कार्य जारी, डिप बोरिङ निर्माण सुरु

असार ५, दाङ

घोरासी, दाङ स्थित प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माण कार्यले तिब्रता लिदैछ ! रंगशालामा डिप बोरिङको काम अघि बढेको छ !

प्रदेश सरकारले यस बर्ष घोराही उपमहानगरपालिका लाई निर्शत अनुदानका रूपमा १ करोड रकम प्रदान गरेको थियो ।

तर अहिले १ करोड मध्ये ५० लाख रकम अन्य वडामा प्रदान गरिसकिएको र क्रिक्रेट मैदानका लागि ५० लाख रकम बराबरको काम भैरहेको छ !

घोराही उपमहानगरपालिकाले करीब ३५ करोड खर्च लाग्ने गरी प्रदेशस्तरीय क्रिक्रेट रंगशाला निर्माणको लागि बनेको डीपीआर अनुसार खेलकुद मन्त्रालयको बजेट अन्तर्गत जिल्ला खेलकुद बिकास समितिले बिनियोजन गरको २० लाख रुपैयाले जिल्ला क्रिकेट संघको भबन र चेन्जिङ रुम बनिरहेको छ भने उपमहानगरपालिकाको ५० लाख रकमले डिप बोरिंग, मैदान तारबार, माटो कटान, मैदान लेबल, नाली, सिमेन्ट अभ्यास पिच बनाउन पहल गरिएको दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले जानकारी दिनुभएको छ ।

‘२०७४/७५ मा घोराही उपमहानगरपलिकाले आफ्नो नीति तथा कार्यक्रममा क्रिकेट रंगशाला, क्रिकेट प्रशिक्षण केन्द्र बनाउने निर्णय गर्‍यो ।’ अध्यक्ष मजगैयाले भन्नुभयो, ‘गतवर्ष मैदान बनाउन करीव एक करोड बजेट पनि बिनियोजन भयो मैदानलाइ अपुग जग्गा खरिद गर्ने निर्णय गरियो तर मैदानको लागि आबस्यक सम्पुर्ण जग्गा खरीद गर्न सकिएन ।’

यस चालू आव ०७५/७६ मा करीब ७० लाख बजेट बिनियोजन गरि काम भैरहेको छ । घोराही उप महानगरपलिकाले यस बर्ष २०७६/७७ पेस गरेको आफ्नो नीति तथा कार्यक्रममा घोराही क्रिकेट रंगशाला लाई अत्याधुनिक र सुबिधा सम्पन्न बनाउने निर्णय समेत गरेको छ ।

यसैक्रममा घोराही क्रिकेट रंगशालाको लागि डिप बोरिङ निर्माण गर्न सुरुवात गरिएको छ ।

निर्माण समितिका दीपक चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि दांग क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले उद्धाटन गरेका थिए !

कार्यक्रममा जमुना टोल बिकास सस्थाका अध्यक्ष दुर्गा खत्री, भबन निर्माण समितिका अध्यक्ष बाल कृष्णा कवर लगायातको उपस्थिति रहेको थियो ।