Cricket Himalaya
Cricket News From Top of The World

सीता रानामगर प्रेरित एपीएफ सुदुर पस्चिम बिरुद्ध १० विकेटले बिजयी

असार ५, क्रिकेट हिमालय

महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा प्रदेस न ३ ले कर्णाली प्रदेस लाई ९० रनले र एपिएफले सुदुर पस्चिमलाइ १० विकेटले पराजित गरेको छ !

दोश्रो खेल : सुदुर पश्चिम र एपिएफ

सुरुमा ब्याटिङ गरेको सुदुरले २० ओभरमा ९ विकेट गुमाउदै ९० रन बनाएको थियो ! बिन्दु रावल ११, रेवती धामी १९, कविता जोशिले २४ बलमा २९ रन बनाएकी थियिन !

एपिएफका लागि सीता रानामगर र सरिता मगरले समान २/२, रितु कनौजिया र करुणा भन्डारिले समान १/१ विकेट लिएका थिए !

लक्ष पछ्याएको एपिएफले १०.६ ओभरमा कुनै विकेट नगुमाइ ९१ रन बनाएपछी सहज १० विकेटको जित हात पार्यो ! ज्योती पान्डेले ३१ बलमा २८*, सीता रानामगरले ३५ बलमा ५१* रन बनाएका थिए !

एपिएफकि सीता सीता रानामगर प्लेयर अफ द म्याच घोसित भएकी थियिन !

पहिलो खेल : कर्णाली प्रदेस र प्रदेस न ३

सुरुमा ब्याटिङ गरेको प्रदेस न ३ ले २० ओभरमा ३ विकेट गुमाउदै १५६ रन बनाएको थियो ! अस्मिता खरेल २८, अस्मिना कर्माचार्य ४७, कन्चना श्रेष्ठ २८, सुमन खतिवडाले २१ रन बनाएकी थियिन !

कर्णालिका लागि सरिता जिसिले १ विकेट लिएकी थियिन !

लक्ष पछ्याएको कर्णाली १५.३ ओभरमा अल आउट हुँदै ६६ रनमा समेटिएपछी ९० रनले पराजित रह्यो ! रुबिना चौधरीले २२, लक्ष्मी रिमालले ११ रन बनाएकी थियिन !

प्रदेस न ३ का लागि खुसी डङोलले १.३ ओभरमा १ मेडन सहित बिना रन दिएर ५ विकेट लिएकी थियिन भने सुमन खतिवडाले २, अश्मिना कर्माचार्य र कृश्मा गिरिले समान १/१ विकेट लिएका थिए !

खुसी डङोल प्लेयर अफ द म्याच घोसित भएकी थियिन !

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ !

समुह ए : एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश

समुह बी : प्रदेश एक, दुई, तीन र कर्णाली ।

प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन ।

प्रतियोगिताको कुल खर्च ८८ लाख रुपैयाँ रहेको छ

टाइसिट