असार ५, क्रिकेट हिमालय
सामजिक बिकास मन्त्रालयको आयोजना एवम प्रदेस न १ छेत्रीय खेलकुद बिकास समितिको सम्योजन र इनरुवा नगरपालिकाको सहयोगमा असार १ देखि संचालित ‘प्रदेस न १ स्तरिय पुरुष क्रिकेट प्रतियोगिता‘ अन्तर्गत उदयपुरलाइ सेमिफाइनलमा पराजित गर्दै प्रतियोगिताको फाइनल प्रबेस गरेको छ !
असार ४ गते सुनसरिलाइ झापाले डिएल मेथड अनुसार २ रनले पराजित गरेको थियो, तर आयोजकले प्राबिधिक त्रुटि रहेको भन्दै उक्त खेल आज पुन: खेलाइएको थियो ! झापाले सुनसरिलाइ आजपनी पराजित गर्दै उदयपुर बिरुद्ध आजै सेमिफाइनल समेत जितेर फाइनल प्रबेस गरेको छ !
झापा र सुनसरी
सुरुमा ब्याटिङ गरेको झापाले १५ ओभरमा ७ विकेट गुमाउदै १३० रन बनाएको थियो ! अन्कित सुबेदिले ५ छक्का र ६ चौकाको सहयोगमा २३ बलमा ५६ रन, सुजन थपलियाले २५ बलमा १७, प्रनिश बिमलिले १२ बलमा १८, मनोज तामाङ्गले ५ बलमा १४* रन बनाएका थिए !
सुनसरिका लागि सोनु मन्डलले ३ ओभरमा ४० रन दिएर ३ विकेट लिएका थिए !
लक्ष पछ्याएको सुनसरी १५ ओभरमा ७ विकेट गुमाउदै ११८ रनमा रोकिएपछी १२ रनले पराजित रह्यो ! सोनु मन्डलले ११ बलमा २१, मनिस दाहलले २१ बलमा २९, सरोज कटवालले १२ बलमा १३ रन बनाएका थिए !
झापाको लागि राज थापाले ३, मनोज तामाङ्गले २ विकेट लिएका थिए !
झापाका अन्कित सुवेदी प्लेयर अफ द म्याच घोसित भएका थिए !
पहिलो सेमिफाइनल : झापा र उदयपुर
एकै दिनमा दुई खेल खेलेको झापाले सेमिफाइनलमा उदयपुरलाइ पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रबेस गरेको छ !
सुरुमा ब्याटिङ गरेको उदयपुरले ११ ओभरमा ७ विकेट गुमाउदै ८४ रन बनाएको थियो ! बिधान गोस्वामिले २६ बलमा ५२ रन बनाएका थिए !
झापाको लागि कमल खत्री, मनोज तामाङ्ग, जयदेब राजबन्शिले समान २/२ विकेट लिएका थिए !
लक्ष पछ्याएको झापाले ८.२ ओभरमा ४ विकेट गुमाउदै ८५ रन बनाएपछी ६ विकेटको जित हात पार्यो ! अन्कित सुबेदिले १४ बलमा ३०, रुपक बरालले १६ बलमा १२, समीर कार्किले ३ बलमा १२, सुजन थपलियाले २ बलमा १० रन बनाएका थिए !
उदयपुरका लागि सागर बस्नेतले २ विकेट लिएका थिए !
मनोज तामाङ्ग प्लेयर अफ द म्याच घोसित भएका थिए !
दोश्रो सेमिफाइनल मोरङ्ग र सुनसरी बिच भोलि बिहान ८ बजे र फाइनल खेल दिउँसो १ बजे हुनेछ