Cricket Himalaya
Cricket News From Top of The World

पिएम कप महिला क्रिकेट : प्रदेश न ३ बिजयी, खुसी डङ्गोलको ५ विकेट

असार ५, क्रिकेट हिमालय

महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको पहिलो खेलमा प्रदेश न ३ ले कर्णाली प्रदेश लाई ९० रनले पराजित गरेको छ । सुरुमा ब्याटिङ गरेको प्रदेश न ३ ले २० ओभरमा ३ विकेट गुमाउदै १५६ रन बनाएको थियो । अस्मिता खरेल २८, अस्मिना कर्माचार्य ४७, कन्चना श्रेष्ठ २८, सुमन खतिवडाले २१ रन बनाएकी थिईन । कर्णालीको लागि सरिता जिसिले १ विकेट लिएकी थिईन ।

लक्ष पछ्याएको कर्णाली १५.३ ओभरमा अल आउट हुँदै ६६ रनमा समेटिएपछी ९० रनले पराजित रह्यो ! रुबिना चौधरीले २२, लक्ष्मी रिमालले ११ रन बनाएकी थिईन । प्रदेश न ३ का लागि खुसी डङ्गोलले १.३ ओभरमा १ मेडन सहित बिना रन दिएर ५ विकेट लिएकी थियिन भने सुमन खतिवडाले २, अश्मिना कर्माचार्य र कृश्मा गिरिले समान १/१ विकेट लिएका थिए । खुसी डङोल प्लेयर अफ द म्याच घोसित भएकी थिईन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ ।

समुह ए : एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश
समुह बी : प्रदेश एक, दुई, तीन र कर्णाली

प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन । प्रतियोगिताको कुल खर्च ८८ लाख रुपैयाँ रहेको छ ।

टाइसिट