Cricket Himalaya
Cricket News From Top of The World

रात्रिकालिन एपिएफ : योगेन्द्र कार्की उत्कृष्ट, एपिएफ बिरुद्ध पुलिस बिजयी

असार ५, क्रिकेट हिमालय

एरिना टेलिभिजनको आयोजनामा इटहरिमा जेस्ठ ३१ देखि असार ९ सम्म सन्चालन हुने ‘ रात्रीकालिन एरिना प्रीमियर लिग (APL)’ को पाचौ दिनको खेलमा पुलिस बिरुद्ध एपिएफ ११ रनले पराजित भएको छ !

नेपाल पुलिस क्लव र एपिएफ

सुरुमा ब्याटिङ गरेको पुलिसले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको थियो ! दिलिप नाथले २८ बलमा २९, सुनिल धमलाले १७ बलमा २०, अनिल साहले ३३ बलमा ३३, योगेन्द्र कार्किले १२ बलमा २६ रन बनाएका थिए !

एपिएफका लागि यग्यमान कुमालले २ विकेट लिएका थिए !

लक्ष पछ्याएको एपिएफ २० ओभरमा ६ विकेट गुमाएर १३४ रन मात्र वनाएपछी ११ रनले पराजित रह्यो ! प्रज्वल साही २० बलमा २३, शन्कर राणा २१ बलमा १८, अरुन महर्जन ४१ बलमा ३८*, सागर भन्डारी ८ बलमा १७* रन बनाएका थिए !

पुलिसका लागि नवीन थापाले २, योगेन्द्र कार्किले १ विकेट लिएका थिए !

योगेन्द्र कार्की प्लेयर अफ द म्याच भएका थिए !

प्रतियोगितामा कुल ७ टिमहरुको सहभागिता रहेको छ !

ग्रुप ए : त्रिभुवन आर्मी क्लब, इनरुवा नगरपालिका, होराइजन क्रिकेट क्लब बिराटनगर, बेलबारी क्रिकेट क्लब बेलबारी

ग्रुप बि : एपिएफ, नेपाल पुलिस क्लब, एरिना च्यालेन्जर इटहरी

टाइसिट