Cricket Himalaya
Cricket News From Top of The World

पिएम कप महिला क्रिकेट : दोश्रो दिन एपिएफ र सुदुर, कर्णाली र प्रदेस न ३ भिड्दै

असार ५, क्रिकेट हिमालय

महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला रास्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलहरुमा एपिएफ र सुदुर पश्चिम, प्रदेस न ३ र कर्णाली प्रदेस भिडदैछन !

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ !

समुह ए : एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश

समुह बी : प्रदेश एक, दुई, तीन र कर्णाली ।

प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन ।

प्रतियोगिताको कुल खर्च ८८ लाख रुपैयाँ रहेको छ

टाइसिट