Cricket Himalaya
Cricket News From Top of The World

प्रदेस न १ स्तरीय क्रिकेट : सुनसरि बिरुद्ध झापा २ रनले बिजयी, मनोज तामाङ उत्कृष्ट

असार ४, क्रिकेट हिमालय
सामजिक बिकास मन्त्रालयको आयोजना एवम प्रदेस न १ छेत्रीय खेलकुद बिकास समितिको सम्योजन र इनरुवा नगरपालिकाको सहयोगमा असार १-५ सम्म सन्चालन हुने ‘प्रदेस न १ स्तरिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सुनसरिलाइ झापाले २ रनले पराजित गरेको छ !

टस जितेर पहिले ब्याटिङ गरेको झापाले १३.४ ओभरमा ८८ रन बनाउदा आफ्नो सबै विकेट गुमाएको थियो। झापाको लागि सर्वाधिक सुजन थपलियाले २९(२८) रन जोड्दा अंकित सुवेदीले १२(७) र मनोज तामाङले १५(१३) रन जोडे।

बलिङ तर्फ जोसेफ खड्काले ४ विकेट लिदा भियाल लुइँटेलले ३ विकेट लिए।

८९ रनको जवाफी ब्याटिङमा आएको सुनसरीले ६ ओभरमा ३ विकेट गुमाउँदै ३२ रन बनाउदा खेल प्रभावित भएको थियो। प्रभावित खेल पुन सुचारु हुन नसक्दा डिएल मेथड अनुसार झापा २ रनले विजयी भएको हो।

सुनसरीको लागि सर्वाधिक सरोज बस्नेतले १३(१३) रन जोड्दा झापाका मनोज तामाङले २ विकेट लिए।

खेलको म्यान अफ दि म्याच झापाका मनोज तामाङ (१३ रन, ३ विकेट) घोषित भए।