Cricket Himalaya
Cricket News From Top of The World

पिएम कप महिला रास्ट्रीय क्रिकेट : पहिलो दिन सुदुर पश्चिम र प्रदेस न २ बिजयी

असार ४, क्रिकेट हिमालय

महेन्द्रनगरमा सुरु भएको प्रधानमन्त्री कप रास्ट्रीय महिला क्रिकेट अन्तर्गत आज सम्पन्न खेलहरुमा सुदुर पश्चिम र बिजयी भएका छन !

दोश्रो खेल : कर्णाली प्रदेस र प्रदेस न २

टस जितेर सुरुमा ब्याटिङ गरेको कर्णालिले १९.२ ओभरमा अल आउट हुँदै ५८ रन बनाएको थियो ! रबिना चौधरीले १३ रन बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अन्कमा रन बनाउन सकेनन !

प्रदेस न २ का लागि शान्ती चौधरिले ३, गोमा आले, आरती चौधरी, कविता गौतम, सोभा आलेले समान १/१ विकेट लिएका थिए !

झिनो लक्ष पछ्याएको प्रदेस न २ ले ६.१ ओभरमा मात्र १ विकेट गुमाउदै ५९ रन बनाएपछी सहज ९ विकेटको जित हात पार्यो ! शान्ती चौधरिले २१ बलमा १८*, नीर कुमारी बलमपाकिले १५ बलमा १२ रन बनाएकी थियिन !

कर्णालिका लागि एक मात्र विकेट सरिता जिसिले लिएकी थियिन !

प्रदेस न २ कि सान्ती चौधरी प्लेयर अफ द म्याच भएकी थियिन !

पहिलो खेल

उदघाटन खेलमा सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशवीचको खेलमा गण्डकी प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।

फलस्वरूप,गण्डकी प्रदेशले निर्धारित २० ओभरको खेलमा पूरा २० ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र ५८ रन बनाउन सक्यो।

ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि शिला रेग्मीले अविजित रहदै सर्वाधिक १९ रन बनाउदा शुशिला गुरुङले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन्।

बलिङतर्फ सुदुरपश्चिम प्रदेशका लागि कविता कुंवर:-४ओभर २ मेडेन मात्र ६ रन खर्चंदै महत्त्वपूर्ण ३ विकेट लिन सफल हुँदा लक्ष्मी साउद र जानकी भट्टले पनि २/२ विकेट लिन सफल भए।

५९ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरको खेलमा ७.० ओभर खेल्दै १ विकेटको क्षति ६० रन बनाउदै रोमाञ्चक ९ विकेटको जित आफ्नो नाममा गराउन सफल भएको छ।

ब्याटिङतर्फ सुदुरपश्चिम प्रदेशका लागि कविता कुंवरले अविजित रहदै सर्वाधिक २१ रन बनाउदा रेवती धामी र कविता जोशीले समान १२/१२ रन बनाउन सफल भए।

बलिङतर्फ गण्डकी प्रदेशका लागि मनिषा उपाध्यायले १ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन।

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० किर्केट प्रतियोगिताको पहिलो खेल सुदुरपश्चिम प्रदेशले ९ विकेटले जित्न सफल भएको छ।

खेलको वुमन अफ दी म्याच सुदुरपश्चिम प्रदेशकि कविता कुंवर घोषित हुन सफल भएकी छिन।