Cricket Himalaya
Cricket News From Top of The World

वोमेन्स इन्टर स्कुल क्रिकेट, कलैया : पहिलो खेलमा ब्राइटल्यान्ड स्कुल बिजयी

असार ४, क्रिकेट हिमालय

कलैया क्रिकेट क्लबको आयोजनामा आजबाट सुरु भएको ‘वोमेन्स इन्टर स्कुल’ क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा गढिमाइ स्कुल बिरुद्ध ब्राइटल्यान्ड स्कुलले ५ विकेटको जित हात पारेको छ !

पहिला बैटिंग गर्दै गढ़ीमाईले निर्धारित १५ ओवरमा ९ विकेट गुमाउदै ६० रन बनाएको थियो !

गढ़ीमाईको लागि कप्तान रमिता यादवले २८ रनको पारी खेलेकि थिइन।

६१ रनको लक्ष्य पाएको ब्राइटलैंडले १४.१ बलमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।

ब्राइटलैंडको लागि निर्मला कुशवाहाले १३, अलीशा यादवले ६, मीरा साहले ९ रनको योगदान दिए !

गढ़ीमाईको तर्फ बाट कप्तान रमिता यादवले ३ विकेट लियेकी थिइन।