Cricket Himalaya
Cricket News From Top of The World

पिएम कप महिला क्रिकेट : पहिलो खेलमा सुदुर पश्चिम बिजयी, कविता कुवर उत्कृष्ट

महेन्द्रनगर, ०४,२०७६

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको संयोजकत्वमा आजदेखि सुरु भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० किर्केट प्रतियोगिताको चौथो संस्करणको भव्य उदघाटन सामाजिक विकास मन्त्री कृष्ण सुवेदी ज्युको प्रमुख आतिथ्यमा भएको हो।

उदघाटन खेलमा सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशवीचको खेलमा गण्डकी प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।

फलस्वरूप,गण्डकी प्रदेशले निर्धारित २० ओभरको खेलमा पूरा २० ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र ५८ रन बनाउन सक्यो।

ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि शिला रेग्मीले अविजित रहदै सर्वाधिक १९ रन बनाउदा शुशिला गुरुङले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर जोड्न सकेनन्।

बलिङतर्फ सुदुरपश्चिम प्रदेशका लागि कविता कुंवर:-४ओभर २ मेडेन मात्र ६ रन खर्चंदै महत्त्वपूर्ण ३ विकेट लिन सफल हुँदा लक्ष्मी साउद र जानकी भट्टले पनि २/२ विकेट लिन सफल भए।

५९ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको सुदुरपश्चिम प्रदेशले निर्धारित २० ओभरको खेलमा ७.० ओभर खेल्दै १ विकेटको क्षति ६० रन बनाउदै रोमाञ्चक ९ विकेटको जित आफ्नो नाममा गराउन सफल भएको छ।

ब्याटिङतर्फ सुदुरपश्चिम प्रदेशका लागि कविता कुंवरले अविजित रहदै सर्वाधिक २१ रन बनाउदा रेवती धामी र कविता जोशीले समान १२/१२ रन बनाउन सफल भए।

बलिङतर्फ गण्डकी प्रदेशका लागि मनिषा उपाध्यायले १ विकेट लिन सफल भएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन।

प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० किर्केट प्रतियोगिताको पहिलो खेल सुदुरपश्चिम प्रदेशले ९ विकेटले जित्न सफल भएको छ।

खेलको वुमन अफ दी म्याच सुदुरपश्चिम प्रदेशकि कविता कुंवर घोषित हुन सफल भएकी छिन।