Cricket Himalaya
Cricket News From Top of The World

लक्ष्मी पुरिको कप्तानिमा पिएम कपको लागि ‘कर्णाली प्रदेश’ को टिम घोषणा

असार ३, सुर्खेत

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशको लागि तपसिलको खेलाडी छनौट गरिएको छ । कर्णाली प्रदेशले आफ्नो पहिलो खेल असार ४ गते प्रदेश न २ सँग खेल्ने छ ।

कर्णाली प्रदेश महिला टिम

१. लक्ष्मी पुरी (कप्तान), २. अन्शु शाक्य, ३. निकिता धमला, ४. लक्ष्मी रिमाल, ५. दिपा राना, ६. दिक्षा पुरि, ७. रबिना चौधरी, ८. हिरा बि क, ९. कमला घर्ती मगर, १०. सपना तामाङ, ११. मधु डिसी, १२. सुजिता पुलामी मगर, १३. मन्जु चौधरी, १४. सरिता जि सि

टिम प्रशिक्षक : सौगात कार्की टिम, मनेजर : भुवन कोइराला

प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिता असार ४ गते देखि सुरु हुदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ । प्रतियोगिताको समुह ए मा एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश रहेका छन । समुह बी मा प्रदेश एक, दुई, तीन र कर्णाली रहेका छन । प्रतियोगिताको उद्घाटन खेलमा असार ४ गते सुदुरपस्चिम प्रदेश र गण्डकी प्रदेश भिड्ने भएका छन ।

प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन । प्रतियोगिताको कुल खर्च ८८ लाख रुपैयाँ रहेको छ ।

खेलतालिका