Cricket Himalaya
Cricket News From Top of The World

अन्तर बिद्ध्यालय ‘धनगढी कप’, कैलालीको उपाधी बिजेता स्टेपिङ स्टोन स्कुल

असार ३, धनगढी

लिटल फ्लावर बोर्डिङ हाइ स्कुल, धनगढीको आयोजनामा फाप्ला क्रिकेट मैदानमा जेष्ठ २८ देखि सन्चालित ‘अन्तर-बिद्ध्यालय टि२० नक आउट क्रिकेट प्रतियोगिता’ को उपाधी स्टेपिङ स्टोन इङ्लिस स्कुलले सारदा बिद्ध्या निकेतनलाइ ५ विकेटले पराजित गर्दै जितेको छ !

सारदा बिद्ध्या निकेतन (एस भि एन) र स्टेपिङ स्टोन इङ्लिस स्कुल

टस जितेर सुरुमा ब्याटिङ गरेको एस भि एनले १७.४ ओभरमा अल आउट हुँदै ७० रन बनाएको थियो ! प्रन्जल बमले १७, बिजय गुप्ताले ९ रन बनाएका थिए ! स्टेपिङका लागि मनोज कुवरले ४, बर्लिन गिरिले ३ विकेट लिएका थिए ! लक्ष पछ्याएको स्टेपिङले १३.१ ओभरमा ५ विकेट गुमाउदै ७१ रन बनाएपछी ५ विकेटले फाइनल खेल जित्दै उपाधी भित्रायो ! रोसन बिस्टले १८*, सन्तोस चौधरीले १६* रन बनाएका थिए ! एस भि एनका लागि सुबास सेवाले २, आशिष् ऎरले १ विकेट लिएका थिए ! मनोज कुवर फाइनल खेलको प्लेयर अफ द म्याच घोसित भएका थिए !

समापन समारोहका प्रमुख अतिथी प्याब्सन केन्द्रिय सदस्य दिपक सुरि रहेका थिए ! प्लेयर अफ द सिरिज बिरेन्द्र ढुङ्गाना, बेस्ट ब्याट्सम्यान बिजय गुप्ता, बेस्ट बलर मनोज कुवर, राइजिङ प्लेयर मुकेस साह घोसित भएका थिए ! टि२० नक आउट फर्म्याटमा हुने उपरोक्त प्रतियोगितामा कुल १६ बिद्ध्यालयहरुको सहभागीता रहेको थियो ! प्रतियोगिताको बिजेताले रु २५ हजार, उपबिजेताले रु १२५०० सङ्गै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन ! प्लेयर अफ द टुर्नामेन्टले रु २ हजार, बेस्ट ब्याट्सम्यान, बलर र राइजिङ प्लेयरले जनही रु १००० सङ्गै ट्रफी, प्रमाणपत्र प्राप्त गर्न सफल भएका थिए !

माध्यमिक तह वा कक्षा १० सम्म अध्ययनरत बिद्ध्यार्थिहरुले सहभागिता जनाउने उक्त प्रतियोगिता ‘निस्ट कलेज लिटल फ्लावर प्रीमियर लिग-४’ को तयारी प्रतियोगिताको रुपमा रहेको आयोजकले जनाएको छ !