Cricket Himalaya
Cricket News From Top of The World

सप्तरी प्रीमियर लिग, दोश्रो दिन : रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागन बिजयी

असार ३, क्रिकेट हिमालय
सप्तरीको राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग-२ प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलहरुमा रुपनी राइडर्स र डाक्नेश्वरी ड्रागनले जित हाँसिल गरेको छ।

पहिलो खेल : रुपनी राइडर्स र तिलाठी कोइलाडि

रुपनी राइडर्सले तिलाठी कोइलाडी जायन्टसलाई ५ रनले पराजित गरेको छ।

वर्षाको कारण खेल ५/५ ओभरमा छोट्याएर खेलाइएको थियो।

टस हारेर ब्याटिंग गरेको रुपनी राइडर्सले निर्धारित ५ ओभरमा ८ विकेट गुमाएर ३२ रनको योगफल तयार गरेको थियो। मेहबुब आलमले सर्वाधिक १० रन बनाएका थिए !

तिलाठी कोइलाडीका बलर अनिल यादबले ३ विकेट , रोहित सिंहले २ विकेट तथा कमल ओलीले १ विकेट लिएका थिए !

लक्ष्य पछ्याएको तिलाठी कोइलाडीले ५ ओभरमा मात्र २७ रन बनाउन सक्यो। सुनिल धमला र कप्तान रोहन बिक क्रमशः ११ र १२ रनमा अविजित रहे पनि जित दिलाउन सकेनन्।

दोश्रो खेल : बोडे बर्साइन थन्डर्स र दक्नेश्वरी ड्रागन

सुरुमा ब्याटिङ गरेको बोडेले २० ओभरमा ९ विकेट गुमाउदै ११८ रन बनाएको थियो ! पवन दासले १९ बलमा १५, मन्जित श्रेष्ठले २१ बलमा २४, अमीत यादबले ८ बलमा १३, मुकुन्द यादबले ११ बलमा २० , आदर्श यादबले ११ बलमा रन बनाएका थिए !

दक्नेश्वरिका लागि चित्र बहादुर बिस्ट, रोबिन सिंह, दिपेस कडेलले समान २/२ विकेट, पुश्प थापा र राहुल मन्डलले १/१ विकेट लिएका थिए !

लक्ष पछ्याएको दक्नेश्वरिले १८ ओभरमा ३ विकेट गुमाउदै १२३ रन बनाएपछि सहज ७ विकेटको जित हात पार्यो ! अबिनास कर्णले १५ बलमा १७, राहुल मन्डलले १३ बलमा १३, विशाल सुसलिङले ४२ बलमा ३५*, दिपेस कडेलले २४ बलमा २४, पुश्प थापाले १४ बलमा २९* रन बनाएका थिए !

बोडेका लागि मिनस थापा, ओपेन राई, मन्जित श्रेष्ठले समान १/१ विकेट लिएका थिए !

दिपेस कडेल प्लेयर अफ द म्याच भएका थिए !

लिगमा कुल ५ टिम सहभागी रहेका छन्। बजाज खडक वारियर्सको मार्की खेलाडी राजेश पुलामी, रुपनी राइडर्सकाका मेहबुब आलम, बोदे बर्साईनका मन्जित श्रेष्ठ, तिलाठी कोइलाडीका सुनिल धमला तथा डाक्नेश्वरी ड्रयागन्सका पुष्प थापा मार्की खेलाडी रहेका छन्।

अंकतालिकामा उत्कृस्ट हुने २ टिमले असार ८ गते फाइनल खेल्नेछ। लिगको विजेता टिमले २ लाख तथा उप-विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगिता असार २ देखि ८ गतेसम्म संचालन हुनेछ।

टाइसिट