Cricket Himalaya
Cricket News From Top of The World

जानकी भट्टको कप्तानिमा पिएम कपको लागि ‘सुदुर पश्चिम’ को टिम घोषणा

असार ३, क्रिकेट हिमालय

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदुर पश्चिम प्रदेसले टिम घोषणा गरेको छ ।

सुदुरपश्चिम प्रदेश महिला टिम :

१. जानकी भट्ट(कप्तान), २. मञ्जु बोकटी(विकेटकिपर), ३. कविता कुंवर, ४. रुवि पोदार, ५. लक्ष्मी साउद, ६. शोभा रोकाया, ७. सुमन विष्ट, ८. इश्वरी विष्ट, ९. सम्झना खड्का, १०. निशा भट्ट, ११. विन्दु रावल, १२. कविता जोशी, १३. डलि भट्ट, १४. रेवती धामी

टिम प्रशिक्षक:- विरेन्द्र शाही
टिम व्यवस्थापक:- गिता सोडारी

प्रधानमन्त्री कप महिला टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता असार ४ गते देखि सुरु हुदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ । प्रतियोगिताको समुह ए मा एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश रहेका छन । समुह बी मा प्रदेश एक, दुई, तीन र कर्णाली रहेका छन ।

प्रतियोगिताको उद्घाटन खेलमा असार ४ गते सुदुरपस्चिम प्रदेश र गण्डकी प्रदेश भिड्ने भएका छन । प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन । प्रतियोगिताको कुल खर्च ८८ लाख रुपैयाँ रहेको छ ।

खेलतालिका