Cricket Himalaya
Cricket News From Top of The World

पिएम कप महिला राष्ट्रिय क्रिकेटलाई ‘गन्डकी प्रदेश’ को टिम घोषणा

असार ३, क्रिकेट हिमालय

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि गन्डकी प्रदेशले टिम घोषणा गरेको छ ।

१. धना छन्त्याल २. सुशीला गुरुङ्ग ३. प्रमिला बानिया ४. सरु भन्डारी ५. नमुना कार्की ६. शिला रेग्मी ७. स्मृति गुरुङ्ग ८. सृष्टि पौडेल ९. गङ्गा थापा १०. दिवाना थापा ११. सिमा कुवर १२. स्नेहा महरा १३. यसोधा बिस्ट १४. मनिशा उपाध्याय

टिम ब्यवस्थापनमा बिजय भुजेल रहेका छन भने प्रशिक्षकमा रिजन प्रजु रहेका छन । प्रधानमन्त्री कप महिला टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता असार ४ गते देखि सुरु हुदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा महाकाली स्पोर्टस् सोसाइटीको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र १ बिभागिय गरि कुल ८ टोलीको सहभागिता रहने छ । प्रतियोगिताको समुह ए मा एपीएफ, सुदुरपश्चिम, प्रदेश ५ र गण्डकी प्रदेश रहेका छन । समुह बी मा प्रदेश एक, दुई, तीन र कर्णाली रहेका छन ।

प्रतियोगिताको उद्घाटन खेलमा असार ४ गते सुदुरपस्चिम प्रदेश र गण्डकी प्रदेश भिड्ने भएका छन । प्रतियोगिताको पुरस्कार राशी तर्फ विजेताले नगद ५ लाख तथा उपबिजेताले नगद ३ लाख रुपैँया प्राप्त गर्नेछन साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ३० हजार पाउनेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले १५–१५ हजार रुपैयाँ पाउनेछन । प्रतियोगिताको कुल खर्च ८८ लाख रुपैयाँ रहेको छ ।

खेलतालिका